चुनाव चिह्न लिँदै दलहरु, अन्तिम नामावली आजै

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १५, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १५ माघ- निर्वाचन आयोगले राष्ट्रियसभा चुनावमा भाग लिने उम्मेदवारहरुलाई आज चिह्न दिने भएको छ ।
  • आगामी माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।
  • त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ ।

काठमाडौं, १५ माघ- निर्वाचन आयोगले राष्ट्रियसभा चुनावमा भाग लिने उम्मेदवारहरुलाई आज चिह्न दिने भएको छ । आगामी माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आयोगले प्रदेश नम्वर ४ अन्र्तगत अपांगता भएका व्यक्तिको कोटामा उम्मदवारी दिएका एमाले उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज गरेको हो । उनीविरुद्ध प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी दिएका थिए ।

आयोगका प्रवक्ता नवराज ढकालले सोमबार दिउसोसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएकाले अन्तिम नामावली प्रकाशन गरिने बताए । निर्वाचन चिह्न पाएपछि उम्मेदवारहरु आ–आफ्नो प्रचारमा लाग्नेछन् । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।

राष्ट्रियसभाका कुल ५९ सदस्य संख्यामध्ये एकल संक्रमणीय मत प्रणालीअनुसार ५६ पदका लागि २४ गते निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५९ सिटमध्ये ५६ वटा एकल संक्रमणीय प्रणालीअनुसार निर्वाचित हुने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने व्यवस्था छ । ५६ सिटमध्ये प्रत्येक प्रदेशमा तीन जना महिला, एकजना दलित, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट र अन्य तीन जना गरी ८ जनाका दरले ७ वटै प्रदेशमा निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Irrfan Khan pens an emotional post on his battle with Neuroendocrine cancer!
Irrfan Khan pens an emotional post on his battle with Neuroendocrine cancer!
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
असार २ गते सोमबारको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार
दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन : राष्ट्रसङ्घ
दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन : राष्ट्रसङ्घ
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
वास्तविक किसानले पाउँदैन सुविधा
वास्तविक किसानले पाउँदैन सुविधा
माओवादी विभाजन नहुनेमा प्रचण्ड ढुक्क
माओवादी विभाजन नहुनेमा प्रचण्ड ढुक्क
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?