लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप

सारांश

  • काठमाडौं।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखापरीक्षकका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन्।
  • नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले लेखापरीक्षकले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका हुन्।

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखापरीक्षकका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन्। नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले लेखापरीक्षकले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका हुन्। प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताएका हुन्।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका छन्। उनले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरुबाट भ्रष्टाचार हुने गरेको बताए। उनले लेखापरीक्षकहरुले लेखापरीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरुमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताए। यसबाट लेखापरीक्षकहरु व्यवसायिक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने उनले बताए।

महालेखापरीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने बताउँदै हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौती रहेको बताए। त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरुले वित्तीय ठगिको परिभाषाहरुलाई समेत समावेस गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
हाम्रै समस्या, हाम्रै मेलमिलाप
हाम्रै समस्या, हाम्रै मेलमिलाप
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए
बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए
पत्रिका जलाइयो
पत्रिका जलाइयो
आज मंगबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगबार, कस्तो छ तपाईंको राशिफल?
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने

तपाईंले छुटाउनुभयो कि?