क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २५, २०७९
|
|
५८ पटक हेरिएको
Shares
क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड

सारांश

  • काठमाडौँ ।
  • सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ ।
  • मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ ।

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ ।

मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ ।

‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ । ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इञ्जिनीयरहरुले तयार पारेका हुन् ।
कन्सेप्ट डेभलपर विजयराज ढुङ्गेललगायत टिममा दीपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इञ्जिनीयर रहेका टिमका सफ्टवेयर इञ्जिनीयर दिपेश न्यौपानेले जानकारी दिए ।

मेलामा पूजापाठको स्टलमा धार्मिक कार्यमा चाहिने गाईको गोबर, रातोमाटो, गाईको घ्यूलगायतका सामग्री राखिएको ‘पूजापाठ’ एपका उत्तम खनालले बताए । उनले भने, “हामीले भक्तजनलाई सहज होस भनेर पूजापाठ एप बनाएका छौँ, धार्मिक तथा पितृकार्य कसरी गर्ने र के के सामग्री चाहिन्छ भन्ने बारेमा पूजापाठ एप डाउनलोड गरेर जानकारी पाउनुहुन्छ ।” उनका अनुसार वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पाउन सकिन्छ ।

मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सुरु गरिएको आयोजकले जनाएको छ । प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिने हुँदा मेला प्रभावकारी भएको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)का अध्यक्ष रञ्जित पोद्धारले बताउ ।

“ठूला ठूला कम्पनीले छ महिनादेखि एक वर्षमा हार्डवयर तथा सफ्टवयर प्रविधिमा परिवर्तन गरिरहेका हुन्छन् । यसलाई एकै ठाउँमा हेर्न सकिने भएकाले मेला आयोजना गरिएको हो”, उनले भने।

मेलामा कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, किताब, छालाका सामान, गमला घर, इलेक्टिकल बाइक, स्टेसनरीलगायत व्यापारिक सामाग्री बिक्रीका लागि राखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको डिपार्ट बस्तीमा आतङ्क मचाउने बाघ हात्तीको प्रयोग गरी नियन्त्रणमा, स्थानीयद्वारा सुरक्षाको माग
चितवनको डिपार्ट बस्तीमा आतङ्क मचाउने बाघ हात्तीको प्रयोग गरी नियन्त्रणमा, स्थानीयद्वारा सुरक्षाको माग
रारा तालमा फोरजी सेवा
रारा तालमा फोरजी सेवा
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस
काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना
सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन : प्रधानमन्त्री प्रचण्ड
सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन : प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?