बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
सारांश
- बाढीपहिरोका कारण नुवाकोट र रसुवा क्षेत्रमा अलपत्र परेका नागरिकहरूलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क उद्धार यातायात सेवाबाट हालसम्म ८० जना यात्रु सुरक्षित रूपमा राजधानी आइपुगेका छन्।
- अविरल वर्षा र विपद्का कारण कार्यथलोमै थुनिएका श्रमिक तथा सर्वसाधारणका साथै प्रभावित क्षेत्रमा आफन्त खोज्न जानुपर्ने नागरिकको सास्तीलाई ध्यानमा राखेर महानगरले भदौ १२ गतेदेखि यो निःशुल्क उद्धार यातायात सेवा सुरु गरेको हो।
- स्थल मार्ग अवरुद्ध भई अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानअन्तर्गत पहिलो दिन १९ जना र दोस्रो दिन २९ जनालाई ल्याइएको थियो।
बाढीपहिरोका कारण नुवाकोट र रसुवा क्षेत्रमा अलपत्र परेका नागरिकहरूलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क उद्धार यातायात सेवाबाट हालसम्म ८० जना यात्रु सुरक्षित रूपमा राजधानी आइपुगेका छन्। अविरल वर्षा र विपद्का कारण कार्यथलोमै थुनिएका श्रमिक तथा सर्वसाधारणका साथै प्रभावित क्षेत्रमा आफन्त खोज्न जानुपर्ने नागरिकको सास्तीलाई ध्यानमा राखेर महानगरले भदौ १२ गतेदेखि यो निःशुल्क उद्धार यातायात सेवा सुरु गरेको हो।
स्थल मार्ग अवरुद्ध भई अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानअन्तर्गत पहिलो दिन १९ जना र दोस्रो दिन २९ जनालाई ल्याइएको थियो। शनिवार पहिलो सिफ्टमा ३२ जना यात्रुलाई काठमाडौँ भित्र्याइएसँगै नगर प्रहरीको प्रत्यक्ष निगरानीमा निःशुल्क यात्रा गराइएका नागरिकको कुल सङ्ख्या ८० पुगेको हो।
यात्रुको अत्यधिक चाप र बढ्दो मागलाई सम्बोधन गर्न महानगरपालिकाले सवारी साधनको सङ्ख्या थप गर्दै लगेको छ। सुरुवातमा एउटा १९ सिटे हायास (००६ ख ९३३९) र १० सिट क्षमताको इभी (०३० च ७३६४) बाट सुरु गरिएको सेवामा शनिवार थप १९ सिटे हायास (बा. प्र. ०१ ००६ ख ९१५२) समावेश गरी कुल ३ वटा गाडी सञ्चालनमा ल्याइएको छ।
उद्धारमा प्रयोग हुने सवारीसाधन पहिचान गर्न अगाडि र पछाडि ब्यानर राखिएको छ। प्रत्येक गाडीमा नगर प्रहरी तैनाथ गरी यात्रा सुरक्षित बनाइएको छ। हाल यी सवारी साधनले नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरसम्म दैनिक दुई पटक आवतजावत गर्दै यात्रु ओसार्ने प्रबन्ध मिलाएका छन्।
विपद्को यो कठिन समयमा नागरिकप्रतिको सामाजिक दायित्व बहन गर्दै महानगरपालिकाले आवश्यकताअनुसार थप गाडी सञ्चालनमा ल्याउने योजना बनाएको छ।
प्रतिक्रिया