नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ७, २०७६
|
|
५९ पटक हेरिएको
Shares
नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय

सारांश

  • काठमाडाैं।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक यही पुस २३ गतेदेखि काठमाडौँमा गर्ने निर्णय भएको छ ।
  • गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हुनेछ।
काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक यही पुस २३ गतेदेखि काठमाडौँमा गर्ने निर्णय भएको छ । गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हुनेछ।
पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको स्थायी कमिटी बैठकले एकीककरणका काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकेको हो। केन्द्रीय कमिटीका ४४५ जना छन्। 
केन्द्रीय कमिटीको बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी साङ्गठानिक कामहरू (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसङ्गठन) पूरा गरिसक्नेसमेत स्थायी कमिटीको बैठकले आइतबार निर्देशन दिएको छ। नेकपाको स्थायी कमिटीको चौथो बैठक २०७६ मङ्सिर २९ गते शुरु भई आइतबार सकिएकाे हाे।
 पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्शपछि प्राप्त विचार, सुझाव र धारणाको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गर्ने गरी सर्वसम्मतिले परिमार्जनसहित पारित भएको छ। 
बैठकले महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको छ । 
विधान संशोधन प्रस्तावमा प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ भने पार्टीमा उपाध्यक्ष पद सिर्जना गरी नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली
सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
दीपक मनाङे पक्राउ
दीपक मनाङे पक्राउ
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर
रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर

तपाईंले छुटाउनुभयो कि?