अमेरिका पुगेकी उपमेयर उतै गायब

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ९, २०७६
|
|
५९ पटक हेरिएको
Shares
अमेरिका पुगेकी उपमेयर उतै गायब

सारांश

  • कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी कालिकोट, तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्क्विहीन भएकी छन् ।
  • सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन ।
  • गत असोजमा काठमाडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् ।

कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी कालिकोट, तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्क्विहीन भएकी छन् ।

सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा काठमाडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् । तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार अहिलेसम्म उनले नगरपालिकामा कुनै जानकारी दिएकी छैनन् ।

‘उपमेयरले अमेरिका भ्रमण जाने भनेर नगरपालिकाको पत्र माग्नुभएको थियो । नगरपालिका प्रमुख रतनबहादुर शाहीले पत्रका विषयमा नगर कार्यपालिकाको बैठकमा कुरा उठाउनुभयो । तर अमेरिका केका लागि जाने, किन जाने लगायत प्रश्न कार्यपालिकामा उठेपछि मेयरले नगरबाट पत्र दिनुभएन । त्यसपछि उहाँ काठमाडौं जानुभयो,’ वडाध्यक्ष न्यौपानेले बताए ।

तिलागुफाका मेयर रतनबहादुर शाहीले पनि दर्शना अमेरिका पुगेपछि आफूसँग एकपटक मात्रै सम्पर्क गरेको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको बताए । शाही भन्छन्, ‘अहिले उपमेयर नेपालीको फेसबुक पनि निष्क्रिय छ । नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन भनी गत कात्तिकमा अमेरिका जानुभएको बुझेको छु । नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको हो । एक पटक उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न ।’

उपमेयर नगरपालिकामा नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधान अनुसार अधिकांश योजनाको भुक्तानी समस्या भएको मेयर शाहीले बताए ।

ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको उनको भनाइ छ । २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट दन्ता १ हजार ८ सय ४३ मत ल्याएर उपमेयरमा निर्वा्चित भएकी थिइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी शाहीले १ हजार २ सय ६० मत ल्याएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
वैशाख ९ गतेको राशिफल यस्तो छ थाहा पाउनुस्
प्रहरीको इन्काउन्टरमा मारिए शरण तामाङ
प्रहरीको इन्काउन्टरमा मारिए शरण तामाङ
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
पशुपति क्षेत्र विकास र पर्यटन बोर्ड महालेखाको उच्च निगरानीमा
पशुपति क्षेत्र विकास र पर्यटन बोर्ड महालेखाको उच्च निगरानीमा
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?