प्रहरीको इन्काउन्टरमा मारिए शरण तामाङ
सारांश
- काठमाडौं, ३ माघ ।
- इन्डोनेशिया प्रहरीले एक नेपालीलाई गोली हानी हत्या गरेको छ ।
- लागूऔषध कारोबार गरेको अभियोगमा प्रहरीले ३४ बर्षीय शरण तामाङलाई इन्काउन्टर गरेको हो ।
काठमाडौं, ३ माघ । इन्डोनेशिया प्रहरीले एक नेपालीलाई गोली हानी हत्या गरेको छ । लागूऔषध कारोबार गरेको अभियोगमा प्रहरीले ३४ बर्षीय शरण तामाङलाई इन्काउन्टर गरेको हो । उनको नेपालको ठेगाना भने खुल्न बाँकी छ ।
लागूऔषध तस्करी गरिरहेको सूचनाको आधारमा प्रहरीले उनको पिछा गरेको थियो । स्थानीय अल्पाइन होटलमा लुकेर बसेका तामाङसँग प्रहरी आफै ग्राहक बनेर गएको थियो ।
प्रहरीले ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाएको थियो । त्यहाँ आउनासाथ पक्राउ परेका तामाङको साथबाट ५२ ग्राम लागूऔषध बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले अल्पाइन होटलमा उनको कोठा सर्च गर्दा साँढे तिनकिलो मेथ भेटाएको थियो । तर, भाग्न खोजेपछि गोली चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसले जनाएको छ ।
प्रतिक्रिया