एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने  चन्द्रवीर

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १५, २०७६
|
|
५८ पटक हेरिएको
Shares
एक्लै पहाड फोडेर गाउँमा बाटो  पु-याउने  चन्द्रवीर

सारांश

  • काठमाडौँ, १५ माघ ।
  • उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ ।
  • उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्ने गर्छन् ।

काठमाडौँ, १५ माघ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्ने गर्छन् ।

तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु¥याउने । चार वर्षदेखिको उनको सपना एक्लैले पूरा गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक  पु-याएको हो । गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उनको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन रहेका छन् ।

वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पु¥याउने सपना देखे । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उनी एक्लैले आँट गरेर बाटो खन्न थाले । बिहान ४ बजे उठेर बाटो खन्न जान्थ्ए आँखा देखुन्जेल खन्थ्ए । राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पु¥याउनु थियो । वली भन्छन्, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म  पु-याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।” अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उनको भनाइ छ ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलपत्र चारलेन सडक निर्माण सुरू
अलपत्र चारलेन सडक निर्माण सुरू
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
चैत ७ गतेको राशिफल यस्तो छ
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
आजबाट फेरि वर्षा हुने, सचेत रहन आग्रह
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि

तपाईंले छुटाउनुभयो कि?