प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्

सारांश

  • काठमाडौं, २४ माघ ।
  • राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी यतिवेला भारतको नयाँ दिल्लीमा छन् ।
  • दिल्ली उड्नुअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए ।

काठमाडौं, २४ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी यतिवेला भारतको नयाँ दिल्लीमा छन् । दिल्ली उड्नुअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा महतो र भण्डारीलाई आफूहरलाई चार मन्त्रालय र उपसभामुख दिनुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा आफूले चार मन्त्रालय दिन नसक्ने अडान लिएका थिए ।

नेकपानिकट उच्च स्रोतले भन्यो,‘राजपाले चार वटा मन्त्रालय मागेको छ । उपसभामुख पनि दिनुपर्छ भनेर उहाँहरुले प्रस्ताव गर्नुभएको छ । तर, प्रधानमन्त्रीले दुई मन्त्रालय र उपसभामुख मात्रै दिन सकिने लचकता प्रस्तुत गर्नुभएको छ । अहिले कतिवटा मन्त्रालय दिने भन्ने विषयमा कुरा मिलेको छैन् ।’

राजपाले चार वटा मन्त्रालय पाए राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा र शरदसिंह भण्डारी सरकारमा सहभागी हुने बुझिएको छ । पछिल्लो समय राजपामा चार नेताहरुबीच गठबन्धन देखिएको छ । तर, अध्यक्ष मण्डलका वर्तमान संयोजक महेन्द्रराय यादव र सदस्य महन्थ ठाकुर भने चार नेताहरुसँग रुष्ट छन् ।

उता, प्रदेश नम्बर २ को सरकार ढाल्नेबारे पनि महतो र भण्डारीले ओलीसँग छलफल गरेको बुझिएको छ । अहिलेको सरकारको गठबन्धन ढालेर प्रदेश नम्बर २मा राजपाको एकलौटी सरकार बनाउने उनीहरुको चाहना छ । यसमा नेकपाले बाहिर बसेर सहयोग गर्नुपर्ने उनीहरुको शर्त छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता
प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
चितवन महोत्सव पुस २५ देखि
चितवन महोत्सव पुस २५ देखि
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

तपाईंले छुटाउनुभयो कि?