एक्वेरियममा रमाउँदै तीन सिए

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २७, २०७६
|
|
६४ पटक हेरिएको
Shares
एक्वेरियममा रमाउँदै तीन सिए

सारांश

  • चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
  • भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गर्नुभएको हो ।
  • रु ४० लाख लगानीमा उहाँहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आउनुभएको छ ।

चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गर्नुभएको हो । रु ४० लाख लगानीमा उहाँहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आउनुभएको छ । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिनुभयो । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।

अर्का व्यवसायी आलमले यस वर्ष रु एक करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उहाँहरुले जानकारी दिनुभयो । रु दुई हजार ५०० देखि दुई लाखसम्मका एक्वेरियम मूल्य रहेको बताइएको छ ।
उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको बताइएको छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ । व्यवसायी आलमले भन्नुभयो, “अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।”
मकवानपुर र नवलपरासीदेखि माछा लिन यहाँ आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उहाँहरुले जानकारी दिनुभयो । नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उहाँहरुले बताउनुभयो । व्यवसायी घिमिरेले भन्नुभयो, “आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीमा ट्रक खस्दा  २ को मृत्यु, ७ जना घाइते
सप्तकोशीमा ट्रक खस्दा २ को मृत्यु, ७ जना घाइते
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी
मालपोतमा हुने झण्झट समाप्त पार्दै सरकार
मालपोतमा हुने झण्झट समाप्त पार्दै सरकार
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा  :पनामा पेपर्स–२ खुलासा
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा :पनामा पेपर्स–२ खुलासा
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
क्रिकेटमा नेपाललाई काश्य
क्रिकेटमा नेपाललाई काश्य
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?

तपाईंले छुटाउनुभयो कि?