खुला मासु नै बढी बिक्रीमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
६३ पटक हेरिएको
Shares
खुला मासु नै बढी बिक्रीमा

सारांश

  • नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् ।
  • खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
  • आफू अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज—१० का हिरण्य शर्माको जानकारी दिनुभयो ।

नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । आफू अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज—१० का हिरण्य शर्माको जानकारी दिनुभयो ।
चिकित्सका अनुसार खुलारुपमा बध गरेको मासु स्वास्थ्यमा प्रतिकूल हुने गर्छ । डा खेमा भण्डारी भन्नुहुन्छ, “मासु केही घण्टा ‘फ्रिज’मा राखेर राम्ररी पकाएरमात्र खानुपर्छ अन्यथा यसबाट धेरै थरीका जटिल रोग लाग्ने सम्भावना हुने गर्दछ ।”
यहाँ परम्परागत रुपमा दैनिक बध गरिएका खसीका मासु धेरै बिक्री हुँदै आएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गरी प्रदेश सरकारले यहाँ सुधारिएको मासु पसल ‘मिट मार्ट’ स्थापनाका लागि सहयोग गरेको छ । यसरी स्थापना गरिएका मार्टमा आम उपभोक्ताको उपस्थिति निकै पातलो हुने गर्दछ ।
जयपृथ्वी सहकारी संस्थाले यहाँको कारकादोमा ‘नेपालगञ्ज मिट मार्ट’ र दीपेन्द्र श्रेष्ठको एकल स्वामित्वमा बिपी चोकमा ‘यम्मी मिट मार्ट’ स्थापना गरिएको छ । मिट मार्ट सञ्चालकले फोजन गरेको शुद्ध मासु बिक्री गर्ने गरेको दाबी गरेका छन् तर उपभोक्तामा स्वास्थ्य सचेतनाका कमीका कारण सोचेकोजस्तो बिक्री नभएको ती सञ्चालकले दुःखेसो पोखेका छन् ।
प्रदेश सरकारले मार्ट सञ्चालकलाई अनुदानसमेत दिएको छ । यम्मी फ्रोजन फुड्सलाई ५० लाख र नेपालगञ्ज मिट मार्टलाई रु ३२ लाख अनुदान दिइएको प्रदेश ५ सरकारका कृषिमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । ती मार्ट सञ्चालकले कुखुरा, खसीको मासु बिक्री गर्ने गरेका छन् । स्वास्थ्यका लागि छाला, बोसो र रगत भएको रातो मासु खानु हुँदैन । यसलाई बुझेका व्यक्तिले फ्रोजन गरेको मासु किन्ने गरेका छन् । नबुझेकाले मात्र परम्परागत रुपमा बध गरिएका मासु खरिद गर्ने गरेको यम्मी फ्रोजन फुड्सका सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाह्रबिसे नगर प्रमुखमा शेर्पा विजयी
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले    ।( भिडियो सहित)
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले ।( भिडियो सहित)
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
ज्ञानेन्द्रको १५ महिने शासन र दलहरुको कमजोरी
ज्ञानेन्द्रको १५ महिने शासन र दलहरुको कमजोरी
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
माओवादी केन्द्र अलमलमा,भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोड’
माओवादी केन्द्र अलमलमा,भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोड’
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
साउन ४ गते आइतबारको राशिफल यस्तो छ
साउन ४ गते आइतबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?