न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
सारांश
- वीरगन्ज, २२ साउन।
- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ पहिलो हप्ताभित्र सबै तहमा पार्टी एक भइसक्ने बताएका छन्।
- मंगलबार वीरगन्जमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै विवाद र असन्तुष्टि नरहेको बताए।
वीरगन्ज, २२ साउन। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ पहिलो हप्ताभित्र सबै तहमा पार्टी एक भइसक्ने बताएका छन्। मंगलबार वीरगन्जमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै विवाद र असन्तुष्टि नरहेको बताए। पार्टीमा नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिए पनि प्रवक्ताको भूमिकामा श्रेष्ठ नै रहेको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा पदपूर्ति पनि छिट्टै हुने दावी गरे। उनले आफूले सोमबार पदपूर्तिका विषयमा प्रधानमन्त्री केपी ओलीसँग कुरा गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिने दावी गरे। ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ।’
उनले न्यायालयको नेतृत्व खाली नहुने भन्दै एक दुई दिनभित्रै प्रधानन्यायाधीशको सिफारिस हुने बताए।
प्रतिक्रिया