कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १३, २०७६
|
|
५९ पटक हेरिएको
Shares
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा

सारांश

  • फिदिम।
  • कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ।
  • पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो।

फिदिम। कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ। पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो।
सामाजिक सञ्जालमा क्युआर ६५२ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि प्रदेश सरकारको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो। उनीहरु उक्त उडानबाटै नेपाल आएको पुष्टि भएको छ।
उनीहरुका परिवारलाई होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले भनेको छ। सामाजिक सञ्जालमा उक्त उडानबाट  पाँचथरका तीन युवा नेपाल आएको चर्चा भएको थियो। तीमध्ये एक जना झापामा बसोबास गर्दैआएको र उनी क्वारेन्टाइनमा बसिसकेका छन्। सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवालाई क्वारेन्टाइन पठाइएको हो।
एम्बुलेन्सबाट उनीहरुलाई मोरङ पुर्याइएको हो। दुवै युवाको परिवारलाई विशेष निगरानीमा ‘होम क्वारेन्टाइन’मा राखिएको छ र तिनको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्ने भएका छन्। दुवैमा कोभिड–१९ को सङ्क्रमणबारे शीघ्र स्वास्थ्य परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के कारणले दशैमा बेच्न ल्याइएको खसी, बोका बिक्री हुन सकेन ?
के कारणले दशैमा बेच्न ल्याइएको खसी, बोका बिक्री हुन सकेन ?
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
शून्य समय : किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म
शून्य समय : किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय

तपाईंले छुटाउनुभयो कि?