दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २७, २०७६
|
|
६१ पटक हेरिएको
Shares
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण

सारांश

  • मुम्बई।
  • दुवै छोरी जोया र शाजापछि अब ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्मका निर्माता करीम मोरानीलाई कोरोना संक्रमण भएको छ।
  • उनको रिपोर्ट पोजेटिभ आएको भारतीय संचारमाध्यमले जनाएका छन्।

मुम्बई। दुवै छोरी जोया र शाजापछि अब ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्मका निर्माता करीम मोरानीलाई कोरोना संक्रमण भएको छ। उनको रिपोर्ट पोजेटिभ आएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनलाई मुम्बईको नानावटी अस्पतालको आइसोलेशनमा राखिएको छ।

मोरानीले भने, ‘मंगलबार (७ अप्रिल) मा मैले जाँच गराएको थिएँ। रिपोर्ट पाजेटिभ आयो। यद्यपी मलाइ कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण छैन। अहिले म नानावटी अस्पतालमा भर्ना भएको छु।’

करीमकी जेठी छोरी जोयालाई सोमबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि उनी मुम्बईको धीरुभाइ अम्बानी अस्पतालमा भर्ना भएकी छन्। त्यो भन्दा पहिला करीमकी कान्छी छोरी शाजालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनलाई पनि नानावटी अस्पतालमा भर्ना गरिएको छ। भारतीय संचारमाध्यमका अनुसार शाजा मार्चको पहिलो हप्ता श्रीलंकाबाट फर्किएकी थिइन् भने जोया मार्चको मध्यमा राजस्थानको यात्रा गर्दै मुम्बई फर्किएकी थिइन्।

चेन्नई एक्सप्रेस र रा–वन जस्ता फिल्मका निर्माता करीम मोरानी आफ्नो परिवारसहित मुम्बईको जुहूस्थित शगुन नामको भवनमा बस्दै आएका छन्। उक्त इलाकामा बलिउडका कयौं कलाकार बस्दै आएका छन्। मोरानी परिवारमा कोरोना संक्रमण देखिएपछि यहाँ तनाव देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी  (नामसहित)
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी (नामसहित)
अमेरिकाले लगाएको प्रतिबन्धपछि डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा !
अमेरिकाले लगाएको प्रतिबन्धपछि डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा !
पुस १४ गते मंगलवारको राशिफल यस्तो छ
पुस १४ गते मंगलवारको राशिफल यस्तो छ
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?