राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ४, २०७४
|
|
६५ पटक हेरिएको
Shares
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि

सारांश

  • श्रावण ४, २०७४- सरकारले संविधान संशोधन विधेयक संसद्‌मा तुरुन्तै मतदान प्रक्रियामा लैजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुलाई बताएको छ ।
  • राजपा नेताहरुलाई बुधबार बालुवाटार बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधन विधेयक तुरुन्तै मतदान प्रक्रियामा लैजाने बताएका हुन् ।
  • बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भनेका छन्, ‘संशोधन गर्न दुई तिहाईको लागि प्रयास गरिरहँदा ढिलाई भयो, अब तत्काल दुई तिहाई पुर्‍याउने प्रयाससहित मतदानमा लैजानेछु ।

श्रावण ४, २०७४- सरकारले संविधान संशोधन विधेयक संसद्‌मा तुरुन्तै मतदान प्रक्रियामा लैजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुलाई बताएको छ । राजपा नेताहरुलाई बुधबार बालुवाटार बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधन विधेयक तुरुन्तै मतदान प्रक्रियामा लैजाने बताएका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भनेका छन्, ‘संशोधन गर्न दुई तिहाईको लागि प्रयास गरिरहँदा ढिलाई भयो, अब तत्काल दुई तिहाई पुर्‍याउने प्रयाससहित मतदानमा लैजानेछु ।’तर उनले दुई तिहाई बहुमत पुग्ने ग्यारेन्टी भने गरेनन् ।

बैठकमा राजपा नेताहरुले आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले पारित नहुने संविधान संशोधन प्रस्ताव मतदान प्रक्रियामा नलैजान आग्रह गरेका थिए । राजपा नेताहरुले यसअघि प्रतिपक्षी एमालेलगायत दलसँग विधेयकमा समर्थनका लागि संवाद गर्ने बताउँदै आएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, घाइतेको उपचार, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति दिने विषयमा तुरुन्तै सरकारले निर्णय गर्ने पनि प्रधानमन्त्रीले बताएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, विमलेन्द्र निधि, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत थिए । त्यस्तै, राजपाबाट नेता ठाकुर, महतो, अनिल झा लगायत सहभागी भएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने
डर्टमुन्डको पुनरागमन जित
डर्टमुन्डको पुनरागमन जित
प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु
प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु
जैविक सुरक्षा सुनिश्चित: बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला
जैविक सुरक्षा सुनिश्चित: बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला
फागुन ९ गते आइतवारको राशिफल यस्तो छ
फागुन ९ गते आइतवारको राशिफल यस्तो छ
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
कुन हो रजनीकान्तको आउँदै गरेको फिल्म ?
कुन हो रजनीकान्तको आउँदै गरेको फिल्म ?

तपाईंले छुटाउनुभयो कि?