कर्णाली प्रदेशको बजेट रु ३३ अर्ब ७४ करोड

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १, २०७७
|
|
३८ पटक हेरिएको
Shares
कर्णाली प्रदेशको बजेट रु ३३ अर्ब ७४ करोड

सारांश

  • कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।
  • कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटांै अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट आज प्रस्तुत गर्नुभएको हो ।
  • प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७÷७८ का लागि रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटांै अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट आज प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७÷७८ का लागि रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।

सोअनुसार पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब, ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ । चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु ८७ करोड ४१ लाख, रोजगारीका लागि रु दुई अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च रु आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको छ । अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ३० करोड छ लाख ५३ हजार, चालु आवको खर्च नभई बचत हुने रकम रु ११ अर्ब १९ करोड नौ लाख ८५ हजार, सङ्घीय सरकारबाट राजश्व बाँडफाँडवापत प्राप्त हुन आएको रु सात अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको रु नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रु चार अर्ब ४९ करोड ११ लाख परिचालन गरिनेछ

नेपाल सरकारको समपुरक अनुदानवापत् रु २५ करोड २५ लाख, विशेष अनुदानवापत् रु ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा रु एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको –कोभिड १९ बाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Catalan parliament declares independence from Spain
Catalan parliament declares independence from Spain
नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न
नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता
स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता
बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा भेटियो युवतीको शव
बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा भेटियो युवतीको शव
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र

तपाईंले छुटाउनुभयो कि?