चीन र भारतको सैनिक शक्ति कसको कति ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ४, २०७७
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  • भारत र चीनबीच यतिबेलब तनाव उत्पन्न भएको छ ।
  • लामो समयदेखि दुवै मुलुकबीच सीमाका सामान्य विवादबाहेक ठूलो झडप भएको थिएन ।
  • पक्षबीचको झडपमा कुनै पनि सैनिक नमरेको ४५ वर्ष भइसकेको थियो ।

भारत र चीनबीच यतिबेलब तनाव उत्पन्न भएको छ । लामो समयदेखि दुवै मुलुकबीच सीमाका सामान्य विवादबाहेक ठूलो झडप भएको थिएन । पक्षबीचको झडपमा कुनै पनि सैनिक नमरेको ४५ वर्ष भइसकेको थियो । सोमबार दुवै तर्फ सैनिक हताहती भएपछि ४५ वर्षसम्मको शान्ति तोडिएको छ ।

भारतका २० सैनिकको मृत्यु भएको पुष्टि भइसकेको छ । चीनतर्फ हताहती भएपनि संख्या यकिन भनिएको छैन । तर, भारतको भन्दा चीनको बढी संख्यामा सैनिक मारिएको अपुष्ट समाचारहरु आइरहेका छन् ।

भारत र चीनबीच युद्धको कालो बादल मडारिइरहेको छ । वास्तवमा यी दुई देशबीच युद्ध भएमा परिणाम खरनाक हुनसक्छ । चीन विश्वकै बढी जनसंख्या भएको देश हो । भारत दोस्रो बढी जनसंख्या भएको मुलुक हो । दुवै देश आणविक अस्त्रले सम्पन्न देश हुन् ।

भारतभन्दा चीन झण्डै तीन गुणाले ठुलो छ । भारतले प्रतिवर्ष झण्डै ५६ अर्ब डलर रक्षामा खर्च गर्छ । चीनले २२८ अर्ब डलर खर्च गर्छ । कुल ग्राहस्थ उत्पादनको २.५ प्रतिशत भारतको रक्षा बजेट छ भने चीनको १.९ प्रतिशत छ । अमेरिकाको कुल रक्षा बजेटको ९ प्रतिशत भारतको र ३७ प्रतिशत चीनको देखिन्छ ।

भारतमा २१ लाख ४० हजार सैनिक र अर्धसैनिक बल छन् । कुल ३१ करोड ९१ लाख आवश्यकता अनुसार सैन्य गतिवधिमा तयारी अवस्थामा छन् । चीनमा २३ लाख सैनिक छन् । कुल ३८ करोड ५८ हजार सैन्य गतिविधिका लागि तयारी अवस्थामा छन् ।

भारतसँग ४ हजार ४ सय २६ सैन्य ट्यांक छ भने चीनसँग ७ हजार ७ सय ६० छ । भारगतसँग युद्धक गाडी ५ हजार ६ सय ८१ छ भने चीनसँग ६ हजार छ । भारतसँग ५ हजार ६७ तोप छ भने चीनसँग ९ हजार ७ सय २६ तोप छन् ।

रकेट तोप भारतसँग २ सय ९२ वटा छ भने चीनसँग १७ सय ७० छ ।

वायुसेनामा भारतसँग कुल २२ सय १६ सैन्य विमान छन् । चीनसँग ४ हजार १ सय ८२ विमान छन् । युद्धक विमान भारतसँग ३ सय २३ वटा छ भने चीनसँग ११ सय ५० वटा छ ।

बहुकार्यको विमान भारतसँग ३ सय २९ र चीनसँग ६ सय २९ वटा छन् । युद्धक विमान भारसँग २२० र चीनसँग २७० छन् । भारतसँग सैन्य हेलिकोप्टर ७२५ र चीनसँग ११ सय ७० वटा छन् ।

नौसैनिकको तथ्यांक अनुसार भारतसँग कुल युद्धपोत २१४ वटा छन् । चीनसँग ७८० छन् । भारत र चीन दुवैसँग युद्धक विमान बाहक नौसैनिक जहाज २(२ वटा छन् । दुश्मनको जहाज ध्वस्त पार्न सक्ने भारतसँग ११ र चीनसँग ३६ वटा छन् ।

फ्रिगेट भारतसँग १५ र चीनसँग् ५४ वटा छन् । कोरभेट भारतसँग २४ र चीनसँग ४२ वटा छन् । समुन्द्रभित्र युद्ध गर्ने सबमेराइन भारतसँग १५ र चीनसँग ७६ वटा छन् ।

त्यसैले ठुलो सैन्य शक्ति भएका यी देशबीच युद्ध भएमा खतरनाक अवस्था आउनसक्छ । दुवै देशसँग आणविक हतियार रहेकाले युद्ध भएमा घातक हुनसक्छ । त्यसैले पनि यी दुई देशलाई संयमता अपनाउन विश्वले नै आग्रह गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा डिजिटल पार्किङका लागि प्रक्रिया शुरु
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

तपाईंले छुटाउनुभयो कि?