साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
५७ पटक हेरिएको
Shares
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

सारांश

  • वासिङ्टन।
  • अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन्।
  • बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो।

वासिङ्टन। अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन्। बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियासँग करिब ८ अर्ब १० करोड अमेरिकी डलर बराबरको हातहतियार बिक्रीमा सहमति जनाइसकेका छन्।

अमेरिकी संसदको माथिल्लो सदनमा रिपब्लीकन र डेमोक्र्याट्स पार्टीका सांसदहरुले साउदी अरेबियालाई हतियार बिक्री रोक्नुपर्ने विधेयकमा मतदान गरेका थिए। उक्त विधेयक ५३–४५ ले पारित भएको थियो । मध्यपूर्वका मुलुकमा तनाब उत्पन्न भएकै समयमा अमेरिकी सिनेटमा यस्तो मतदान भएको हो। अमेरिकाले अत्याधुनिक लडाकू विमान, लडाकू विमानको मर्मत तथा अरु उच्च क्षमताका हातहतियार बिक्री गर्न चाहेको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी तल्लो सदन कङ्ग्रेसलाई बेवास्ता गर्दै मध्यपूर्वको क्षेत्रीय स्थायित्वमा असर पर्न थालेको जनाउँदै साउदी अरेबियालाई हतियार बिक्री गर्ने आदेश दिएका थिए। कङ्ग्रेसले यमन संकटका सन्दर्भमा साउदी अरेबियालाई हतियार बिक्री गर्न नहुने भन्दै एक विधेयक पारित गरिसकेको छ। तर उक्त विधेयकलाई राष्ट्रपति ट्रम्पले गत अप्रिलमा विशेषाधिकार (भिटो) प्रयोग गरी अस्वीकार गरेका थिए।

संयुक्त राष्ट्रसंघले यमनमाथि भएको साउदी गठबन्धनको आक्रमणबाट यमनमा मानवीय संकट उत्पन्न भएको जनाएको छ। बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको बेलायतका अन्तर्रा्ष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले बताए। बेलायती एक अदालतले सरकारमाथि हतियार बिक्रीका सन्दर्भमा पुनर्विचार गर्न केही दिनअघि आदेश दिएको पनि मन्त्री फक्सले जानकारी दिए। “हो, हामीलाई अदालतको आदेश चित्त बुझेको छैन र उच्च अदालतमा हामी अपिल गर्ने तयारीमा छौं,” मन्त्री फक्सले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। तर उहाँले साउदी अरेबिया र उसका साझेदार मुलुकलाई यमनी द्वन्द्वमा प्रयोग हुनेगरी हातहतियार बिक्री स्थगित गरिएको बताए।

बेलायतले यमनी द्वन्द्व शुरु भएको सन् २०१५ यतामात्र करिब ६ अर्ब ४० करोड अमेरिकी डलर बराबरका हातहतियार साउदी अरेबियालाई बिक्री गरेको छ। जर्मनीले पत्रकार जमाल खशोग्जीको हत्यापछि सन् २०१८ देखि नै साउदी अरेबियालाई हातहतियार बिक्री गर्न छाडेको छ। जर्मनीले युरोपेली युनियनमा आबद्ध मुलुकहरुलाई पनि साउदी र यसको गठबन्धनका मुलुकलाई हतियार बिक्री रोक्न आह्वान गरिरहेको छ।

(https://chiringa.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
महत्वपुर्ण निकाय आफैसँग राख्दा पनि किन झन कमजोर बने प्रम ओली ?
महत्वपुर्ण निकाय आफैसँग राख्दा पनि किन झन कमजोर बने प्रम ओली ?
९६ स्थानीय तहको मत परिणाम सार्वजनिक कांग्रेस पहिलाे, एमाले दाेस्राे
९६ स्थानीय तहको मत परिणाम सार्वजनिक कांग्रेस पहिलाे, एमाले दाेस्राे
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह
ओली र प्रचण्डलाई मोहनविक्रम सिंहको सुझाब
ओली र प्रचण्डलाई मोहनविक्रम सिंहको सुझाब
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए
क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?