दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १, २०८१
|
|
४५ पटक हेरिएको
Shares
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने

सारांश

  • काठमाडाैं।
  • प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए।

काठमाडाैं। प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए।

आयोग गठनका लागि अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो। बस्नेतले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको र शीर्ष दलबीच सहमति समेत भएको जानकारी दिए।

उनले एकदिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोग गठनको काम टुंगिने उल्लेख गरे। आयोगमा रहने पदाधिकारीको सिफारिस सर्च कमिटीले गर्ने उनले बताए।
बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए। गत भदौ १३ गते राष्ट्रपतिबाट उक्त आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
Sanjay Dutt’s best friend Paresh Ghelani shares an emotional post for him after watching ‘Sanju’
Sanjay Dutt’s best friend Paresh Ghelani shares an emotional post for him after watching ‘Sanju’
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस

तपाईंले छुटाउनुभयो कि?