मेलम्चीको पानी आउन अझै ३ महिना लाग्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २३, २०७७
|
|
५१ पटक हेरिएको
Shares
मेलम्चीको पानी आउन अझै ३ महिना लाग्ने

सारांश

  • बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ ।
  • काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।
  • आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ ।

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ । गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।

भारतीय कम्पनी पिआइएल निर्माणस्थल आएर हेरेर गइसकेको छ । कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो । कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार झण्डै २८ दिन फ्रेम त्यहाँ जोडिनका लागि समय लाग्नेछ । उनले भने, “यसैका आधारमा पनि कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने देखिएको छ ।” सो गेटभित्रबाट खोल्ने गरी जडान गर्ने डिजाइन भए पनि बाहिरबाट खोल्ने गरी जडान भएको पाइएको थियो । अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ । फ्रेम जडानका लागि सुरुङभित्र आबश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ । सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन् ।

सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिए । परामर्शदाता कम्पनी र निर्माण कम्पनीकै त्रुटिका कारण सो दुर्घटना भएकाले त्यसको क्षति पनि सम्बन्धित कम्पनीले नै बेहोर्ने मनत्रालयले जनाएको छ । यसको जडानका लागि आयोजनाले रकम बेहोर्न नपर्ने बताइएको छ । त्यस्तै, सुरुङमा हाल निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीले पनि बिज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकेको उनले बताए ।

सुरुङमा नयाँ गेट जडानका लागि तयारी भइरहँदा सिनो हाइड्रो कम्पनीले हेडबक्सको निर्माण पनि सँगसँगै अघि बढाएको छ । गत चैतमा बन्दाबन्दीको समयदेखि नै निर्माणको काम गरिरहेको छ । कोभिड–१९ का त्रासका कारण कतिपय कामदार फर्किए पनि सो कम्पनीले उपलब्ध जनशक्तिबाट काम अघि बढाइरहेको थियो । बन्दाबन्दीको समयमा स्थानीय तहको अवरोध र निर्माण सामग्रीको अभावलगायतका समस्या भएकाले निर्माणमा केही बाधा पुगेको थियो । यी सबै समस्याबीच पनि निर्माण कम्पनीले निर्माणस्थलमा काम रोकेको छैन ।

आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको बताइएको छ । समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्य’ नभएको पनि बताएको थियो । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न पनि सुझाव दिएको थियो । गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुर्घटना भएको थियो । आयोजनाले १० दिनसम्म जम्मा गरेको पानी बाहिर निस्केको थियो । सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहितको मृत्यु भएको छ । सवारीचालक राधाकृष्ण थापामगर अझैसम्म बेपत्ता भएका छन् । सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । गत असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
लोपोन्मुख ‘जिउमामा’ संस्कृतिको संरक्षणमा चासो
लोपोन्मुख ‘जिउमामा’ संस्कृतिको संरक्षणमा चासो
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी
काठमाडौँ–रक्सौल रेलमार्ग पाँच बर्षभित्र बन्ने
काठमाडौँ–रक्सौल रेलमार्ग पाँच बर्षभित्र बन्ने
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी
शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?