‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
६३ पटक हेरिएको
Shares
‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’

सारांश

  • काठमाडौं, भदौ ३० ।
  • मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो।

काठमाडौं, भदौ ३० । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो।

घिमिरेको नेतृत्वमा अन्य ठूला भ्रष्टाचारका मुद्दा नचलाई उन्मुक्ति दिएको आरोप छ। घिमिरे आइतबार बिदा भएका हुन्।

अख्तियार नेतृत्वले राजनीतिक र शक्ति दलाल समूहको प्रभावमा परेर संविधानले दिएको जिम्मेवारीबाट विचलित भई मुलुक र संविधानप्रति धोका दिएको पूर्वन्यायाधीशहरूले टिप्पणी गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अख्तियारको नेतृत्वले मुलुक, संविधान र जनताप्रति धोका दिएको टिप्पणी गरे।

संविधानलाई धोका दिनेलाई कानुनले मिल्छ भने मुद्दा चलाउनुपर्ने केसीको तर्क छ। ‘आफूले लिएको शपथ र संविधानलाई बेइमानी गर्ने काम अख्तियार नेतृत्वबाट भएको छ,’ पूर्वन्यायाधीश केसीले नागरिकसँग भने, ‘कानुनले कतै दिन्छ भने उहाँ ९घिमिरे० माथि मुद्दा चलाउनुपर्छ।’ अख्तियारको नेतृत्वले आफू अवकाश हुने बेला मुद्दा नचलाई तामेलीमा राख्ने प्रवृत्ति गलत भएको उनले बताए।

‘अख्तियारका पदाधिकारीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न चुक्नुभयो,’ उनले भने, ‘जाने बेलामा भ्रष्टाचारका मुद्दा खासखुस गरेर टुंग्याउन मिल्दैन।’ राज्यले संवैधानिक निकायका पदाधिकारीलाई दिएको सम्मानप्रति धोका भएको उनले टिप्पणी गरे। संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्ति आयोगमा जान नहुने उनको भनाइ रहेको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Do Mika Singh signals that Salman and SRK still have clashes?
Do Mika Singh signals that Salman and SRK still have clashes?
अध्यक्षद्वय ओली र दाहालबीच एक्लाएक्लै वार्ता
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
सुन निकाल्नै सास्ती, राख्नलाई पनि समस्या
सुन निकाल्नै सास्ती, राख्नलाई पनि समस्या
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
ओलीलाई पेलेरै जाने दाहाल–नेपालको तयारी, धुम्बाराहीमा आज ४ बजे भेला हुँदै
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक

तपाईंले छुटाउनुभयो कि?