कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २, २०७७
|
|
५९ पटक हेरिएको
Shares
कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

सारांश

  • मङ्गलबारे, २ असोजः इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् ।
  • पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् ।
  • निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

मङ्गलबारे, २ असोजः इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उनीहरुले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।

रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ ।

रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेको उनीहरुले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिका अपडेट (२:30बजे)
बुटवल उपमहानगरपालिका अपडेट (२:30बजे)
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार
केही महिनाभित्रै महाधिवेसन हुन्छः प्रचण्ड
केही महिनाभित्रै महाधिवेसन हुन्छः प्रचण्ड
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै

तपाईंले छुटाउनुभयो कि?