केही महिनाभित्रै महाधिवेसन हुन्छः प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
केही महिनाभित्रै महाधिवेसन हुन्छः प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने धारणा व्यक्त गरेका छन् ।
  • २६ औँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सन्दर्भमा शुक्रबार मदननगरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका हुन ।
  • अन्तराष्ट्रिय रुपमा मार्क्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय हुनुभएको बताउँदै अध्यक्ष दाहालले भने, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने धारणा व्यक्त गरेका छन् । २६ औँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सन्दर्भमा शुक्रबार मदननगरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका हुन ।

अन्तराष्ट्रिय रुपमा मार्क्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय हुनुभएको बताउँदै अध्यक्ष दाहालले भने, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।”

नयाँ परिस्थिति अनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र आफूहरु वैज्ञानिक सश्लेषण गर्न समर्थ हुने उनको तर्क छ । मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताए ।

उनले एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको जानकारी गराउँदै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताए ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
पल शाह:रहरले होइन, अवसरले हिरो
पल शाह:रहरले होइन, अवसरले हिरो
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार
आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार
केपी ओली कपः आर्मीविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै
केपी ओली कपः आर्मीविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै

तपाईंले छुटाउनुभयो कि?