भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १५, २०७७
|
|
६१ पटक हेरिएको
Shares
भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

सारांश

  • नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।
  • नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो ।
  • “कोभिड–१९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो । “कोभिड–१९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढुङ्गानाले पिसीआर परीक्षण गर्न सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पिसीआर परीक्षणलाई सहज बनाउन आग्रहसमेत गर्नुभयो ।

नेविसङ्घले डा गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा केसीको जीवनरक्षा गर्न सरकारसँग मागसमेत गरेको छ । यस्तै बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सासहितको पाठ्यक्रम विक्री वितरण खुला गर्नुपर्ने बताउनुभयो । “पुस्तकमा तथ्यगत त्रुटि छ भन्ने बहानामा पुस्तक वितरणमा सरकारले ढिलाइ गर्न हुँदैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने:  रविले न्याय पाउनुपर्छ !
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: रविले न्याय पाउनुपर्छ !
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु
सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो
सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?
निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग
भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्

तपाईंले छुटाउनुभयो कि?