सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २८, २०७७
|
|
६१ पटक हेरिएको
Shares
सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो

सारांश

  • काठमाडौँ, असोज २८ गते ।
  • सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ ।
  • सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो ।

काठमाडौँ, असोज २८ गते । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन ।

असोज १ बाट खुला गरिएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको भाडा ५० प्रतिशत वृद्धि गरी आधा सिटमा मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको थियो । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ‘सोमबारको मन्त्रिपरिषद् बैठकले भाडा पूर्ववत् नै कायम गरे पनि यात्रु कति राख्ने भन्नेबारे निर्णय नभएको’ बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि बढाइएको ५० प्रतिशत भाडालाई घटाएर पूर्ववत् भाडा कायम गरिएको हो । पूर्ण सिट क्षमतामा यात्रु राख्न पाउनेरनपाउने कुरामा अहिले कुनै छलफल र निर्णय भएको छैन ।”

व्यवसायीले भने भाडा घटाएपछि पूर्ण सिट क्षमतामा यात्रु राख्नु पाउनुपर्ने माग गर्दै आएका थिए तर सरकारले भने आधा सिट क्षमतामा मात्रै यात्रु राखेर पुरानै भाडा दरमा बस सञ्चालन गर्ने निर्णय गरेको छ । व्यवसायीले भने त्यस्तो हुन नसक्ने बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “सरकारको निर्णय आधिकारिक रूपमा सार्वजनिक भएको छैन । हाम्रो बुझाइ भाडा घटाउने र पूर्ण सिट क्षमतामा यात्रु राख्न पाउने भन्ने हो तर भाडा घटाउने यात्रु चाहिँ आधा मात्र राख भन्ने खालको निर्णय हो भने स्वीकार्य हुने छैन, त्यस्तो निर्णयको कल्पना पनि गर्न सकिँदैन ।”
महासङ्घका अनुसार भाडा घटाउने तर पूर्ण सिट क्षमतामा यात्रु राख्न नदिने हो भने हाल चलिरहेका ३५ प्रतिशत सार्वजनिक यातायात पनि बन्द हुने छन् । कोरोना महामारीको अति प्रभावित यातायात क्षेत्र असोज १ बाट सुचारु भए पनि यात्रुको चाप नभएकाले खालीखाली हिँड्नुपरेको महासङ्घले जनाएको छ । सबै बस सञ्चालन हुन सकिरहेका छैनन् । जम्मा ३५ प्रतिशत बस मात्र सञ्चालन भएका छन् ।

यात्रुको चाप नभएपछि दशैँको अग्रिम टिकट खुलाउनसमेत व्यवयायीले आनाकानी गरिरहेका छन् । लामो तथा मध्यम दूरीका जम्मा ३५ प्रतिशत यातायात सञ्चालन गर्दा पनि यात्रुको चाप नदेखिएपछि अग्रिम टिकटको औचित्य नभएको महासङ्घले जनाएको छ तर खुलाउनै परे कात्तिक लागेपछि खुलाउन सकिने उपाध्यक्ष स्वाँरको भनाइ छ ।
महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “बस चढ्ने मान्छे नै छैनन् । आधा सिट राख्दा पनि हाम्रो ३५ प्रतिशत गाडीलाई काम पुगेको छ । सबै गाडी निकाले अग्रिम टिकट जरुरी छैन भन्ने देखियो । ”

तर यातायात व्यवस्था विभागले भने भाडा घटाएर पुरानै व्यवस्था कायम भएपछि सिटको पनि पुरानै व्यवस्था कायम हुने जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो “भाडा घटाएर पुरानै व्यवस्था कायम भएपछि प्रिन्सिपल्ली सिटको व्यवस्था पनि पुरानै हो भन्ने बुझिन्छ । त्यसो नभए त यातायात क्षेत्रमा समस्या भइहाल्छ नि तर निर्णय हामीकहाँ पनि आएको छैन ।”(गोरखापत्रबाट लक्ष्मण दर्नालको रिपोर्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड सम्पन्न, ७४ वटा विधामा अवार्ड वितरण
दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड सम्पन्न, ७४ वटा विधामा अवार्ड वितरण
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
डुङ्गा दुर्घटना, नौ जना बेपत्ता
डुङ्गा दुर्घटना, नौ जना बेपत्ता
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
Wooplus Is A Courting Web Site Designed for Plus Aspect Folks That I will be Not Angry About
स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव, कहाँ कति कर्मचारी अभाव ?
स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव, कहाँ कति कर्मचारी अभाव ?
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित

तपाईंले छुटाउनुभयो कि?