यूरोपमा कोरोना महामारीको दोस्रो लहर झन् भयावह, फ्रान्स र जर्मनीद्वारा लकडाउन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, १३ कात्तिक ।
  • यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिनथालेको छ ।
  • यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ ।

एजेन्सी, १३ कात्तिक । यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिनथालेको छ । यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ । महामारी भयावह बन्न थालेपछि फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएको छ । दैनिक कोरोना संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि यूरोपका शक्तिशाली दुवै देशहरुले लकडाउनको घोषणा गरेका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले शुक्रबारबाट लागू हुने गरी लकडाउनको घोषणा गरेका हुन् । लकडाउन फ्रान्सभर हुनेछ । लकडाउनमा अत्यावश्यक र स्वास्थ्यको कारण मात्र बाहिर निस्कन पाइनेछ । व्यवसाय तथा मनोरञ्जनका लागि घरबाट बाहिर जान पाइनेछैन । तर, विद्यालय र कलकारखाना भने खुल्नेछन् ।

फ्रान्समा एकै दिन ३३ हजार नयाँ संक्रमित पत्ता लागेपछि लकडाउनको घोषणा भएको जनाइएको छ ।यसअघि जर्मन चान्लसर एन्जेला मार्कलले पनि विशेष घोषणा गरेकी थिइन् । बुधबार उनले आंशिक लकडाउनको घोषणा गरेकी हुन् । २ नोभेम्बरबाट लागू हुनेगरी आंशिक लकडाउनमा १६ प्रकारका नियम लगाएको छ ।

स्कुल र किन्डरगार्टेन्स खुल्नेछन्, अधिकतम दुई परिवारका गरी १० जनाभन्दा बढी भेला हुन पाइनेछैन, बार र रेष्टुरेन्टमा सिमित उपस्थिति हुन दिइनेछ, मसाज र टाटु पार्लर बन्द गरिनेछ ।

यसैगरी, यूरोपको अर्को शक्तिशाली मुलुक बेलायतमा पनि कोरोना महामारी बढेको छ । एक अध्ययनले बेलायतमा दैनिक एक लाख नयाँ संक्रमित थपिन थालेको देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सुनसरीमा राहत वितरणमा विभेद गरेको गुनासो
सुनसरीमा राहत वितरणमा विभेद गरेको गुनासो
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
सरकारले भन्यो : भारतको नक्शा अस्वीकार्य
सरकारले भन्यो : भारतको नक्शा अस्वीकार्य
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल

तपाईंले छुटाउनुभयो कि?