यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
४१ पटक हेरिएको
Shares
यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित

सारांश

  • एजेन्सी, ५ मंसिर ।
  • सिंगो गाउँका बासिन्दा कोरोना भाइरसको संक्रमित हुँदाको अवस्था कति भयावह होला ?
  • यस्तै भएको छ भारतको हिमाञ्चल प्रदेशको एउटा गाउँमा जहाँ एकजना ५२ वर्षीय भुषण ठाकुर बाहेक सबैजना कोरोना संक्रमित भएका छन् ।

एजेन्सी, ५ मंसिर । सिंगो गाउँका बासिन्दा कोरोना भाइरसको संक्रमित हुँदाको अवस्था कति भयावह होला ? यस्तै भएको छ भारतको हिमाञ्चल प्रदेशको एउटा गाउँमा जहाँ एकजना ५२ वर्षीय भुषण ठाकुर बाहेक सबैजना कोरोना संक्रमित भएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार लहुल उपत्यकाको थोराङ गाउँमा एकजनाबाहेक सबैमा कोरोना भाइरसको संक्रमण देखिएको हो । लहुल सबैभन्दा प्रभावित क्षेत्र हो ।

थोराङ गाउँमा यो चीसो मौसममा ४२ जना मात्र बासिन्दा रहेका छन् । जसमध्ये ४१ जनामा संक्रमण पत्ता लागेको हो । गाउँका बासिन्दा एकै ठाउँमा बसेर केही समय अघि धार्मिक कार्यक्रम गरेका थिए । त्यतिबेला कोरोना सरेको आशंका गरिएको छ । उक्त क्षेत्रमा जाडो याममा मानिसहरु बेसीतिर मौसमी बसाईँसराईँ गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?