कमजोर भए बामदेव र बादल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ७, २०७७
|
|
५८ पटक हेरिएको
Shares
कमजोर भए बामदेव र बादल

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी विभाजनको औपचारिक घोषणा नजिक पुग्दा लगभग सबैले कित्ताकाट गरेका छन् ।
  • अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षमा विभाजित बनेका नेताहरुले आ(आफ्नो राजनीतिक भविष्यको जोखाना गरेर कित्ताकाट गरेका हुन् ।
  • आज विहान कित्ताकाटमा नाटकीय घटनाहरु विकास भइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी विभाजनको औपचारिक घोषणा नजिक पुग्दा लगभग सबैले कित्ताकाट गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षमा विभाजित बनेका नेताहरुले आ(आफ्नो राजनीतिक भविष्यको जोखाना गरेर कित्ताकाट गरेका हुन् । आज विहान कित्ताकाटमा नाटकीय घटनाहरु विकास भइरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पूर्व माओवादीका दुई स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी र मणि थापालाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । हिजोसम्म उनीहरुको कित्ताकाट भएको थिएन । तटस्थ भुमिकामा थिए । ओलीले यसअघि लेखराज भट्टलाई आफ्नो पक्षमा पारिसकेका छन् । यी दुई सहित ओली पक्षमा स्थायी कमिटीका १५ जना पुगेका छन् ।

केन्द्रीय सदस्यहरुको पनि कित्ताकाट लगभग भइसकेको छ । ओलीले रणनीतिक उद्देश्यले ५ सय ५६ जना केन्द्रीय सदस्य थपेर पार्टी कमिटीमा आफ्नो बहुमत सिद्ध गर्न खोजेका छन् ।

नेकपाभित्र प्रचण्ड र माधवकुमार नेपाल पक्षधरले पनि आफ्नो पकड बलियो बनाउन प्रयास गरिरहेका छन् । योगेश भट्टराई र घनश्याम भुसाल मन्त्री छाडेर माधव नेपाल समूहमा समाहित भएका छन् । प्रचण्ड निकट मानिएका लेखराज भट्टले मात्र साथ छाडेका छन् । माधव नेपालले यो घटनाक्रम विकास भएपछि पार्टी अध्यक्ष पाउने बुझिएको छ ।

नेकपाभित्र संघर्ष उत्कर्षमा पुग्दा सचिवालयका दुईजनाले भने तटस्थ भूमिका देखाइरहेका छन् । उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलको भूमिका कहिले कता त कहिले कता जस्तै भयो । उनीहरुले आफ्नै गुट पनि बचाउन सकेनन् । बादललाई उनका गुटका नेताहरुले पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर चेतावनी दिए । बामदेवलाई विगतमा रामकुमारी झाँक्रीसहितका नेताहरु पुगेर चेतावनी दिएको खुलिसकेको छ । बामदेव पटक पटक मन्त्री बन्ने आश्वासनमा फसेको आरोप खेप्न पुगे ।

आज नेकपा अध्यक्ष प्रचण्ड पुल्चोक पुगेर बादललाई भेटे । उनलाई गुटमा फर्काउन प्रयास गरे । बामदेवलाई भैंसेपाटी पुगेर भेटे । गौतमले कुनै गुटमा नभएको र तटस्थ भएको जवाफ दिए । दुई पक्षबीच कडा संघर्ष चलिरहँदा यी दुई नेताहरु तटस्थ रहँदा आफ्नै गुट समेत जोगाउन असफल भएका छन् । दुवै नेता एक्लै भएको अवस्था छ ।

नेकपाभित्रको अहिलेको विवादले सबैभन्दा कमजोर अवस्थामा बामदेव र बादललाई बनाएको छ । फुटको अवस्थामा पुगेको नेकपामा सचिवालयको अब गणना नहुने भएको छ । केन्द्रीय कमिटी नै मुख्य भएको छ । यो घटनाले यसपटक बामदेव र बादललाई नराम्रो झड्का दिएको छ । बादललाई गृहमन्त्री छाड्नुपर्ने पीडाले रोकेका उनकै पूर्व सहयोगीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । बामदेवमाथि गृहमन्त्री बन्ने लालच देखाएको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित
जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
कांग्रेसको विवाद समाधानतर्फ,साेमबार केन्द्रीय समिति बैठक
कांग्रेसको विवाद समाधानतर्फ,साेमबार केन्द्रीय समिति बैठक
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
आजको राशिफल
आजको राशिफल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
एलपी ग्यासमा कालोबजारी रोक्न उपत्यकामा संयुक्त अनुगमन टोली परिचालन
एलपी ग्यासमा कालोबजारी रोक्न उपत्यकामा संयुक्त अनुगमन टोली परिचालन
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

तपाईंले छुटाउनुभयो कि?