पार्टी विभाजनको कुनै औचित्य छैन : नेता गौतम

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २३, २०७७
|
|
४० पटक हेरिएको
Shares
पार्टी विभाजनको कुनै औचित्य छैन : नेता गौतम

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् ।
  • राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्याे ?
  • पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्याे ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।”

पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उनले राखे ।

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन ।”

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने बताउँदै नेता गौतमले त्यसैले आफू चुप लागेको छु भने । नेकपाले संविधानको सर्वाेच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको उनको भनाइ थियो ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
सालकको खपेटासहित एक महिला पक्राउ
सालकको खपेटासहित एक महिला पक्राउ
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
कोरोना संक्रमण भएकी गर्भवती नर्सको मृत्यु, तर बच्चा सकुशल
कोरोना संक्रमण भएकी गर्भवती नर्सको मृत्यु, तर बच्चा सकुशल
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!