विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
५७ पटक हेरिएको
Shares
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट

सारांश

  • हुन्डाईले केही समय अघि नेपाल ल्याएको आयोनीक–५ ‘सोल्ड आउट’ भएको छ ।
  • प्रिमियम गाडी खोज्नेहरुको रोजाईमा परेको आयोनीक–५ नेपाल ल्याउने तयारी सुरु भएदेखि नै ग्राहक व्यग्र प्रतिक्षामा थिए ।
  • आयोनिक–५ ले बुकिङ समेत उत्साहजनक थियो ।

हुन्डाईले केही समय अघि नेपाल ल्याएको आयोनीक–५ ‘सोल्ड आउट’ भएको छ । प्रिमियम गाडी खोज्नेहरुको रोजाईमा परेको आयोनीक–५ नेपाल ल्याउने तयारी सुरु भएदेखि नै ग्राहक व्यग्र प्रतिक्षामा थिए । आयोनिक–५ ले बुकिङ समेत उत्साहजनक थियो । पछिल्लो बैंकिङ प्रक्रिया निकै कठिन भएको समयमा आएकोले ग्राहकलाई प्रक्रिया पुरा गरेर गाडी दिन केही समय लागेको लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले जनाएको छ ।

आयोनिक–५ गाडी नेपाल ल्याउने प्रक्रिया सुरु गर्दा नै सोल्ड आउट भएको कम्पनीको भनाइ छ । आयोनीक–५ ले संसारभर रहेका क्लासिक लुक्सका गाडी चाहनेहरुको मन जितेको छ । नेपालमा अहिले पनि थुप्रै यूनिट बुकिङ रहेको कम्पनीले जनाएको छ ।

यो गाडीप्रति ग्राहकको डिमाण्ड थामिनसक्नु छ । कम्पनीले ग्राहकको मागअनुसार गाडी उपलव्ध गराउन नसक्ने भएको छ । ग्राहकले ठूलो रेन्जका पनि गाडी ल्याइदिन आग्रह गर्न थालेको कम्पनीको जनाएको छ । ग्राहकको अनुरोध अनुसार नै निकट भविष्यमा आयोनीक–५ को लङ्ग रेन्ज भेरियन्ट पनि नेपाल आउन सक्ने देखिएको छ । तर कुन रेन्जमा ल्याउन लागेको हो भन्ने विषयमा कम्पनीले केही पनि खुलाएको छैन ।

कम्पनीले नेपालमा विक्री गरेको आयोनीक–५ सोलार सहितको मूल्य ८१ लाख ९६ हजार र सोलार नभएको भेरियन्टको ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर विक्री गरेको थियो । छतमा शोलार प्यानल जडान भएको आयोनिक–५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । यसलाई एक पटक फुल चार्ज गर्दा ३५० किलोमिटरभन्दा माथि रेन्ज दिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
निर्मला पन्त प्रकरण : के त्यहा“ ‘शीतयुद्ध’ चलिरहेको छ ?
निर्मला पन्त प्रकरण : के त्यहा“ ‘शीतयुद्ध’ चलिरहेको छ ?
८२ लाख मूल्य बराबरको बियर बरामद
८२ लाख मूल्य बराबरको बियर बरामद
5 basic beauty tips you must follow for a beautiful face
5 basic beauty tips you must follow for a beautiful face
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते

तपाईंले छुटाउनुभयो कि?