भरतपुरमा रेणुलाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको संकेत

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २३, २०७८
|
|
४२ पटक हेरिएको
Shares
भरतपुरमा रेणुलाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको संकेत

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई पुनः मेयरको उम्मेदवारका रुपमा अगाडि सार्ने संकेत गरेका छन् ।
  • उनले भरतपुरमा बढीभन्दा बढी समय दिदै भ्रमणहरु गर्न थालेका छन् ।
  • आज भरतपुरमा आयोजित भूमिहीन दलितहरुलाई लालपूर्जा समेत वितरण गरेर प्रचण्डले चुनावी माहोल आफू र छोरी रेनुको पक्षमा पार्ने रणनीति समेत चालेको देखियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई पुनः मेयरको उम्मेदवारका रुपमा अगाडि सार्ने संकेत गरेका छन् । उनले भरतपुरमा बढीभन्दा बढी समय दिदै भ्रमणहरु गर्न थालेका छन् ।

आज भरतपुरमा आयोजित भूमिहीन दलितहरुलाई लालपूर्जा समेत वितरण गरेर प्रचण्डले चुनावी माहोल आफू र छोरी रेनुको पक्षमा पार्ने रणनीति समेत चालेको देखियो । उनले रेनुको खुलेर प्रशंशा गरे ।

रेनुको कामले अब प्रचण्डकी छोरी भन्ने भन्दा पनि आफूलाई रेनुको बुवा भन्ने अवस्था आएको टिप्पणी गरे । उनले त्यसप्रति गर्व लागेको समेत बताए ।

प्रचण्डले भने, ‘पहिले निर्वाचनमा रेणु यहाँ आउँदा प्रचण्डको छोरी भन्थे । अहिले आउँदा प्रचण्डकी छोरी होइन, रेनुको बुवा प्रचण्ड भएको छ ।’ रेनुको राजनीतिमा आफ्नै त्याग तपस्या रहेको र मिहेनतले यहाँसम्म आएको तर्क गरे ।

प्रचण्डले बढभन्दा बढी पालिकाहरुमा महिलालाई प्रमुख बनाउने योजना रहेको समेत बताए । उनले रेनुलाई पुनः भरतपुरमा अगाडि सार्ने संकेत गरे ।

विगतमा पनि भरतपुर पुगेर उनले रेनुको प्रशंशा गर्दै आएका छन् । भरतपुरमा देशभरमा सबैभन्दा बढी विकास भएको दाबी गर्दै विकास हेर्न भरतपुर आउन समेत भने । उनले रेनुको लोकप्रीयता बढेको र देशभित्र मात्र नभई विदेशमा समेत लोकप्रीय भएको दाबी गरेका थिए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौं’
बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौं’
Methods to Run a Mother board Meeting Like a Pro
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै

तपाईंले छुटाउनुभयो कि?