विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २७, २०७९
|
|
५४ पटक हेरिएको
Shares
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् ।
  • मंगलबार एमालेले काठमाडाैंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा अवरुद्ध स्थितिलाई तोडेर फेरि अगाडि बढाउन स्थानीय निर्वाचनले दिशा निर्देश गर्ने बताए ।
  • उनले आफ्नो नेतृत्व सरकारले धरहरा बनाएकोमा विपक्षीले खिल्ली उडाएको भन्दै ट्वीनटावर र आइफील टावर हेरेर पनि नबुझेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । मंगलबार एमालेले काठमाडाैंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा अवरुद्ध स्थितिलाई तोडेर फेरि अगाडि बढाउन स्थानीय निर्वाचनले दिशा निर्देश गर्ने बताए ।

उनले आफ्नो नेतृत्व सरकारले धरहरा बनाएकोमा विपक्षीले खिल्ली उडाएको भन्दै ट्वीनटावर र आइफील टावर हेरेर पनि नबुझेको बताए । उनले विपक्षीहरुमा ऐतिहासिक महत्वको संरक्षणमा रुची नभएको मात्र नभई वैरभाव छ भन्ने उनीहरुका बोलीचालीबाट प्रस्ट भएको बताए । ओलीले विपक्षीले विदेश गएर पाउरोटीमा जाम लाएर खानबाहेक केही नजानेको भन्दै आधुनिकता र विकासबारे के सिके ? भनेर प्रश्न गरे ।

कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै काँग्रेस र अरु पार्टीले के गर्यौ र गर्छौ भन्ने कुरा नरहेको बताए । ‘उनीहरु जम्मा जम्मी एमालेको विरोध गर्छन्’, ओलीको भनाइ छ । ओलीले राम्रा कामका लागि भन्दा पनि नराम्रा कामका लागि एकजुट भएको भन्दै केपी ओलीले संसद विघटन । उनले कहिलेसम्म रोक्छौं जनताका बीचमा जान भनेर प्रश्न गरे । ‘पहिलो झड्का यही ३० गते खान्छन् यिनीहरुले । ठूलो ठक्कर खान्छन् । नसोचेको पराजय भोग्नुपर्नेछ । जनताले काला कर्तुत र गलत नियत देखेका छन्’, ओलीले विपक्षीहरुमाथि कटाक्ष गरे । उनले टुडो भाँचिएको हलो, टुडो भाँचिएको कलम बोकेर काँग्रेस हिँडेको भन्दै काँग्रेस सकिने बाटोमा हिँडेको टिप्पणी गर्दै काँग्रेसले लोकतन्त्रको परिभाषा नै फेर्न लागेको बताए ।​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
यसरी गरेका थिए नेका र माओवादीले बुथ कब्जा (भिडियो सहित)
यसरी गरेका थिए नेका र माओवादीले बुथ कब्जा (भिडियो सहित)
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम ‘सुरक्षित रहन मौसम विभागको विशेष अपिल’
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम ‘सुरक्षित रहन मौसम विभागको विशेष अपिल’
आज आउने बजेटमा प्राथमिकतामा परेका क्षेत्रहरु यी हुन्
आज आउने बजेटमा प्राथमिकतामा परेका क्षेत्रहरु यी हुन्
प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
ताप्लेजुङमा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै

तपाईंले छुटाउनुभयो कि?