अन्य काण्डका बारेमा पनि संसदीय छानबिन गर्न माग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २३, २०७९
|
|
८५ पटक हेरिएको
Shares
अन्य काण्डका बारेमा पनि संसदीय छानबिन गर्न माग

सारांश

  • प्रतिनिधिसभा सदस्य दिव्यमणी राजभण्डारीले विभिन्न काण्डबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
  • प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले विगतमा धेरै काण्ड प्रकाशमा आएको र तिनको छानबिनका लागि आफूहरुले पटकपटक माग गरे पनि अझै छानबिन हुन नसकेको भन्दै संसदीय छानबिन समिति गठनका लागि माग गरेका हुन् ।
  • बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने सन्दर्भमा छानबिन गर्न संसदीय समिति गठन गरेको अवस्थामा उनले विगतमा भएका अन्य काण्डका बारे पनि छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य दिव्यमणी राजभण्डारीले विभिन्न काण्डबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले विगतमा धेरै काण्ड प्रकाशमा आएको र तिनको छानबिनका लागि आफूहरुले पटकपटक माग गरे पनि अझै छानबिन हुन नसकेको भन्दै संसदीय छानबिन समिति गठनका लागि माग गरेका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने सन्दर्भमा छानबिन गर्न संसदीय समिति गठन गरेको अवस्थामा उनले विगतमा भएका अन्य काण्डका बारे पनि छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए ।

उनले औषधि खरिद काण्ड, वाइड बडी र न्यारो बडी जहाज खरिद काण्ड, नेपाल ट्रस्टको जग्गा लिजमा दिने काण्ड, तारा गाउँ लगायतबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । उनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको विषयमा प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकोमा धन्यवादसमेत व्यक्त गरे ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६३ हजार रुसी सेना सिरियामा !
६३ हजार रुसी सेना सिरियामा !
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
सिरहा जिससमा वाम गठबन्धन विजयी
सिरहा जिससमा वाम गठबन्धन विजयी
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !
बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड
ट्याक्सी चालकहरूका लागि नयाँ नियम
ट्याक्सी चालकहरूका लागि नयाँ नियम

तपाईंले छुटाउनुभयो कि?