मोटोरोलाले ल्यायो २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
६६ पटक हेरिएको
Shares
मोटोरोलाले  ल्यायो २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन

सारांश

  • काठमाडौं ।
  • मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाले २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन लञ्च गरेको छ ।
  • हाल चिनिया बजारका लागि मात्रै उत्पादन गरिएको उक्त स्माटफोनको नाम Moto X30 Pro रहेको छ ।

काठमाडौं । मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाले २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन लञ्च गरेको छ ।

हाल चिनिया बजारका लागि मात्रै उत्पादन गरिएको उक्त स्माटफोनको नाम Moto X30 Pro रहेको छ ।

उक्त स्मार्टफोनमा Snapdragon 8+ Gen 1 को प्रोसेसर रहेको छ भने pOLED डिस्प्ले प्यानल राखिएको छ ।

Moto X30 Pro मा १२ गिगाबाइटको LPDDR5 र्याम तथा ५१२ गिगाबाइट सम्मको UFS 3.1 स्टोरेज उपलब्ध छ ।

उक्त स्मार्टफोनमा २ सय मेगापिक्सेलको मुख्य क्यामरासँगै ६० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । Moto X30 Pro फोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ र यो विश्वकै पहिलो २ सय मेगापिक्सेल प्राइमरी क्यामरा सेन्सर भएको फोन हो ।

साथै यसमा ५० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र १२ मेगापिक्सेलको तेश्रो टेलिफोटो शूटर क्यामरा रहेको छ ।

Moto X30 Proविभिन्न तीनवटा स्टोरेज अप्सनमा उपलब्ध छ । ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको मोडेलको मूल्य ३ हजार ६९९ युआन तोकिएको छ । त्यस्तै १२ जिबी र्याम र २५६ जिबी स्टोरेजवाला फोनको मूलय ४ हजार १९९ युआन छ भने १२ जिबी र्याम र ५१२ जिबी स्टोरेजयुक्त फोनको मूल्य ४ हजार ४९९ तोकिएको छ ।

यो स्मार्टफोनमा ६.७३ इन्चको फूल एचडी प्लस pOLED डिस्प्ले छ जसमा १४४ हर्ज रिफ्रेस रेट रहेको छ । स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध छ ।

Moto X30 Pro मा १२५ वाटको फास्ट चार्जिङ उपलब्ध छ । यसको ब्याट्री ४५०० मिलिएम्पियर आवर क्षमताको रहेको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनको ब्याट्री केवल १४ मिनेटमै पूरा चार्ज हुन्छ । यसमा ५० वाटको वायरलेस चार्जिङ पनि रहेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत,  एक पटक मात्र सुविधा लिन पाउने !
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत, एक पटक मात्र सुविधा लिन पाउने !
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
माधव नेपाल ब्याक नहुने
माधव नेपाल ब्याक नहुने
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण

तपाईंले छुटाउनुभयो कि?