विमलेन्द्र निधिले किन देखाए धनुषा–३ छोड्ने संकेत ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ९, २०७९
|
|
५७ पटक हेरिएको
Shares
विमलेन्द्र निधिले किन देखाए धनुषा–३ छोड्ने संकेत ?

सारांश

  • सत्ता गठबन्धनमा मधेस प्रदेशमा सिट बाँडफाँटको सकस देखिएका बेला काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले धनुषा– ३ मा आफ्नो ‘स्ट्रोङ’ दाबी नरहने संकेत दिएका छन् ।
  • पाँच दलीय गठबन्धनभित्रको सिट बाँडफाँट र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेट्ने विषयमा आफू बाधक नहुने निधिको भनाइ छ ।
  • उनी भन्छन्, ‘लोसपालाई गठबन्धनमा ल्याउन म बाधक हो भने धनुषा ३ छोड्न तयार छु ।

सत्ता गठबन्धनमा मधेस प्रदेशमा सिट बाँडफाँटको सकस देखिएका बेला काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले धनुषा– ३ मा आफ्नो ‘स्ट्रोङ’ दाबी नरहने संकेत दिएका छन् । पाँच दलीय गठबन्धनभित्रको सिट बाँडफाँट र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेट्ने विषयमा आफू बाधक नहुने निधिको भनाइ छ ।

उनी भन्छन्, ‘लोसपालाई गठबन्धनमा ल्याउन म बाधक हो भने धनुषा ३ छोड्न तयार छु । लोसपा मेरै कारणले गठबन्धनमा नआउने स्थिति नहोस् भन्ने म चाहन्छु ।’ तर ०७४ को चुनावमा निधिले धनुषा–३ छोड्न नमान्दा तत्कालीन राष्ट्रिय जनता पार्टीसँग तालमेल नभएको चर्चा भएको थियो । एमाले र माओवादी गठबन्धन गरेर गएका बेला कांग्रेसले तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीलाई समेट्न नसक्दा ठूलो क्षति बेहोरेको थियो । ३२ मध्ये ३० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस ६ सिटमा मात्र विजयी भएको थियो । प्रदेशका ६४ सिटमध्ये कांग्रेसले ७ सिट मात्र जितेको थियो ।

कांग्रेसभित्र त्यसको अपजस नेता निधिलाई बोकाइएको थियो । ‘गएको निर्वाचनमा विमलेन्द्र निधिले मान्दै मानेन् । अनि तालमेल हुन सकेन भन्ने थियो । म त्यो आरोपबाट टाढा हुन चाहन्छु । मेरा कारण तालमेलमा कुनै बाधक नहोस् भन्ने छ,’ उनले भने । तर स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध कांग्रेसबाट बागी उम्मेदवार खडा गरेको निधिमाथि आरोप थियो ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुँदा जनकपुर उपमहानगरपालिका जसपालाई दिइयो । निधिको निर्वाचन क्षेत्र धनुषा – ३ मा जनकपुर उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा पर्दछन् । निधिको असहमतिका बीच जनकपुर उपमहानगरपालिका गठबन्धनले जसपालाई दिएको थियो । त्यहाँ कांग्रेस नगर सभापतिबाट राजीनामा दिएर बागी उम्मेदवार बनेका मनोज साह मेयर निर्वाचित भए । अहिले धनुषा– ३ निधिका लागि अनुकुल देखिएपनि आफ्ना कारण गठबन्धनमा अप्ठ्यारो हुन नदिने पक्षमा छन् ।

आगामी आम निर्वाचनमा भने पार्टीले धनुषा– ३ पाँच दलीय गठबन्धनमा जसपालाई छोड्न तयार भएपनि आफ्नो विमति नरहने निधि बताउँछन् । ‘अहिले पाँच दलीय गठबन्धनमा जसपा छ,’ निधि भन्छन्, ‘मधेस प्रदेशमा जसपाको सरकार छ । धनुषा– ३ को सिट जसपालाई दिने चाहना छ भने पनि मलाई आपत्ति छैन ।’ आफ्नो कारण पाँच दलीय गठबन्धनमा पनि समस्या नआउस् भन्नेमा निधि उदार देखिन्छन् । उनले भने, ‘अहिले गठबन्धनभित्र सिट बाँडफाँटमा सकस भइरहेको छ । मेरो कारणले गठबन्धनमा सकस नहोस् भन्ने बुझाउन खोजेको छु ।’

निधिका अनुसार लोसपालाई पनि गठबन्धनमा समावेश गराउने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना छ । देउवाले त्यसका लागि प्रयास पनि गरिरहेको उनको बुझाइ छ । साथै लोसपालाई पाँच दलीय गठबन्धनमा समेट्न देउवालाई निधिको पनि सुझाव छ । तर ०७४ मा लोसपाका (तत्कालीन राजपा) वरिष्ठ नेता राजेन्द्र महतोले निधिलाई पराजित गरेका थिए । लोसपालाई गठबन्धनमा ल्याउँदा धनुषा ३ कै टिकट दिनुपर्ने भएपनि निधिको आपत्ति हुने छैन । त्यसपछि निधिले आफ्ना लागि भने तीन वटा विकल्प अगाडि सारेका छन् ।

उनले भने, ‘मेरो जन्म र कर्म थलो धनुषा – ३ को विकल्प छदैछ । बाँकी २ वटा विकल्पका लागि पनि म तयार छु ।’ निधिले आगामी निर्वाचनमा समानुपातिक सूचीमा पनि बस्न तयार देखिएका छन् । ‘मैले धनुषा– ३ छोडेपछि यता समानुपातिकमा आउनुपर्यो वा कुनै निर्वाचन क्षेत्र रोज्नुपर्यो । म दुई वटै विकल्पका लागि तयार छु,’ उनले भने ।

धनुषा– ३ को विकल्पमा निर्वाचन क्षेत्र रोज्दा हिमाल र पहाडतिर निधिको नजर छ । ‘हिमाल र पहाडका जिल्लाबाट निर्वाचित हुन मेरो सबैभन्दा ठूलो खुसीको कुरा हुने छ,’ निधिले रातोपाटीलाई भने, ‘यदि कुनै हिमाली जिल्ला वा पहाडको जिल्लाबाट सांसदमा निर्वाचित हुन पाएँ भने अत्यन्तै हर्षित र गौरवान्वित हुने छु । यो मेरो तीव्र चाहना हो ।’ मधेसबाट गैरमधेसी निर्वाचित भएको भन्दै पहाडबाट आफू पनि निर्वाचित हुन चाहेको उनको भनाइ छ । २०३८, २०४३, २०४८, २०५२, २०५६, २०६४, २०७० र २०७४ सालमा गरी नौ पटक आमनिर्वाचन भएको छ । तर मधेसी मुलको नेताले हिमाल–पहाडबाट सांसदको चुनाव जित्न सकेको छैन ।

(Modafinil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखराका पर्यटन व्यवसायी उत्साहित
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
पोखराका सुजतको पोर्चुगलमा निधन
पोखराका सुजतको पोर्चुगलमा निधन
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण
जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

तपाईंले छुटाउनुभयो कि?