ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २७, २०७९
|
|
५८ पटक हेरिएको
Shares
ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल

सारांश

  • ओखलढुंगा ।
  • ओखलढुंगामा यतिबेला राजनीतिक माहोल तातेको छ ।
  • मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम समयमा राजनीतिक दलहरु आफनो पक्षमा मतदाता एकोहोराउन दौड धुपमा छन ।

ओखलढुंगा । ओखलढुंगामा यतिबेला राजनीतिक माहोल तातेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम समयमा राजनीतिक दलहरु आफनो पक्षमा मतदाता एकोहोराउन दौड धुपमा छन । जिल्लामा प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा चलेको छ । प्रनिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलका उम्मेदवारहरु चुनावी मैदानमा छन ।

प्रदेशसभा सदस्यका लागि दुइवटा निर्वाचन क्षेत्र ओखलढुंगामा काग्रेस र एमाले प्रतिस्पर्धामा छन । प्रदेश क मा गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला सभापति प्रदिप कुमार सुनुवार चुनावी मैदानमा छन । सुनुवारको प्रतिस्पर्धामा एमालेका तर्पmबाट प्रदेश १ का पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री समेत रहेका अम्बिर बाबु गुरुङ चुनावी मैदानमा छन ।

काग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदीप सनुवारले पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री समेत अम्बिरबाबु गुरुङलाई जित्न निकै कसरत गर्नु पर्ने देखिन्छ । गुरुङले आफु भौतिक तथा पूर्वाधार विकास मन्त्री बन्दाको समयमा जिल्लाको विकासको लागि गरेको योगदान ओखलढुंगे जनताको मनन गरिरहेका छन । गुरुङले मन्त्रालयबाट निकासा गरेको बजेट र योजनालाई काग्रेसका नेताले आफुले ल्याएको बजेर जनतामा भ्रम छर्न नभ्याएका पनि होइनन ।

प्रदेश स्तरीय मन्त्रीपरिषदको बैठकबाट गुरुङले जिल्लाका सडक खानेपानी तथा स्वास्थ्य शिक्षाको क्षेत्रमा डिपिआर तयार गरी योजना बनाइ क्याविनेटबाट बजेट निकासा गराएका थिए । गुरुङले निकासा गरेको बजेट तथा विकासका कांग्रेस तथा माओवादीका नेताहरुले आफनो पार्टीले गरेको समेत भन्न भ्याए त्यतिमात्र होइन माओवादीका स्थानीय नेताले त आयोजना रोक्न मुद्धा समेत हालिएको छ । गुरुङको पहलमा रिङ रोडको अवधारणा सहित पारेको योजना माओवादीका वडाध्यक्षले मुद्धा हालेर रोकेका हुन ।

विकासप्रेमी ओखलढुंगे जनताका लोकप्रिय बनेका गुरुङ आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा पनि पुन निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?