नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिनुभएको समय आज सकिँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १०, २०७९
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समय आज साँझ ५ः०० सकिँदै छ।
  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गर्नुभएको थियो ।

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समय आज साँझ ५ः०० सकिँदै छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिले दिनुभएको समय सकिनै लाग्दा राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् तर सरकार गठनका लागि अहिलेसम्म कसैले पनि बहुमत जुटाउन सकिरहेका छैनन् ।

सत्तारुढ गठबन्धन आबद्ध दलहरू औपचारिक तथा अनौपचारिक रूपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । शनिवार साँझ पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो तर उक्त बैठकले पनि कुनै निर्णय गर्न सकेन । आज पुनः सत्तारुढ गठबन्धनको निर्णायक बैठक बस्ने भएको छ ।

राष्ट्रपतिले दिनुभएको समय सीमाभित्र दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुनः संविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर, तस्करीको जालो च्यात्न खाेज्दा अाफै जालमा
फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर, तस्करीको जालो च्यात्न खाेज्दा अाफै जालमा
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
नेपाल-अष्ट्रेलिया व्यापार सन्तुलन र लगानी प्रवर्द्धनका लागि मन्त्री यादव र राजदूत अर्न्स्टबीच संवाद
नेपाल-अष्ट्रेलिया व्यापार सन्तुलन र लगानी प्रवर्द्धनका लागि मन्त्री यादव र राजदूत अर्न्स्टबीच संवाद
एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते
एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते
दलहरुको विश्वास जित्न बालेनको सक्रियता
दलहरुको विश्वास जित्न बालेनको सक्रियता
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम
अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

तपाईंले छुटाउनुभयो कि?