तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
२०७५ साल असोज १५ गते। सोमबार।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि दाजुभाइमा असमझदारी बढ्न सक्छ। पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। परिस्थिति अनुकूल देखिए पनि काम बिग्रने डरले सताउन सक्छ। भैपरी आउने समस्या समाधान भए पनि जीवनशैली व्यस्त रहनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर, उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। तर ईर्ष्या गर्नेहरूले काममा समस्या खडा गर्न सक्छन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
श्रमको उचित मूल्यांकन हुनाले उत्साह जाग्नेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि आय-आर्जन र धनसंग्रहमा बाधा पुग्नेछ। सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि बिस्तारै लाभ उठाउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका काममा बुद्धि खर्चनुपरे पनि रमाइलो यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले साथीभाइ टाढिन सक्छन्। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। मिहिनेतले मात्र काम बन्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?