रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण

सारांश

  • बुटवल : रुपन्देहीका दुई जना व्यक्तिमा स्वयनफ्लुको संक्रमण देखिएको छ ।
  • बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको हो ।
  • रुपन्देहीका जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले दु्ई जनामा सिजनल इन्फुएलेन्जाको जिवाणु भेटिएको बताए ।

बुटवल : रुपन्देहीका दुई जना व्यक्तिमा स्वयनफ्लुको संक्रमण देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको हो ।
रुपन्देहीका जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले दु्ई जनामा सिजनल इन्फुएलेन्जाको जिवाणु भेटिएको बताए । ‘हामीले उनीहरुको बसोबास भएको क्षेत्र आसपासमा निगरानी ग¥यो तर अरुमा त्यस्तो लक्षण छैन’,उनले भने ।
जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो सहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रुपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुदा बिरामीहरु काठमाण्डौं जान बाध्य छन् ।
लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने विरामीको संख्या अत्याधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाच गर्न आग्रह गरेको छ । ‘डराईहाल्नुपर्ने अवस्था त छैन, तर रोग प्रतिरोध क्षमता कम भएकाहरु सचेत हुनुपर्छ, जनस्वास्थ्य प्रमुख गोदारले भने–‘अन्य रोगका बिरामी, बृद्ध, गर्भवती, वालवालिकाहरुमा यो संक्रमण बढी हुन सक्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ घण्टा प्रधानमन्त्रीलाई कुर्नुपर्दा…
२ घण्टा प्रधानमन्त्रीलाई कुर्नुपर्दा…
ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी
ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
सिलवालविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा पेस, अब के हुन्छ?
आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल

तपाईंले छुटाउनुभयो कि?