ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
५० पटक हेरिएको
Shares
ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी

सारांश

  • काठमाडौं, फागुन ३ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
  • निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

काठमाडौं, फागुन ३ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्री नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवदी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

एमाले र माओवादीबीच पाटर्थी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

उक्त सहमतिअनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ १४ गते बुधबारको राशिफल यस्तो छ
जेठ १४ गते बुधबारको राशिफल यस्तो छ
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
निगमको यात्रु संख्या घट्यो
निगमको यात्रु संख्या घट्यो
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
कात्तिक १४ गते शुक्रवारको राशिफल यस्तो छ
कात्तिक १४ गते शुक्रवारको राशिफल यस्तो छ
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
“कर्णाली प्रदेश” नामकरण गर्ने प्रदेशसभाको निर्णय विवादित, अलग प्रदेशको माग
“कर्णाली प्रदेश” नामकरण गर्ने प्रदेशसभाको निर्णय विवादित, अलग प्रदेशको माग
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु
सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?