फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १२, २०७९
|
|
५७ पटक हेरिएको
Shares
फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

सारांश

  • बैतडी ।
  • जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ ।
  • यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो ।

बैतडी । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो । अनुगमनका क्रममा मेडिकहरुले अनुमति नलिइ औषधि बिक्री गरेको, स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना कडा खालका मानव स्वास्थ्यमा असर गर्ने औषधिसमेत बेचबिखन गरेको, फार्मेसी सञ्चालक आफैले चिकित्सा सम्बन्धी अभ्यास गर्ने गरेको, आयुर्वेदिक फार्मेसीबाट एलोपेथिक तथा एलोपेथिक फार्मेसीबाट भेटेनरी औषधिसमेत बेचबिखन गर्ने गरेको पाइएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ले स्थानीय तहको क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसीको अनुगमन, निरीक्षण र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिएकाले नियमबमोजिम कार्य गराउन आग्रह गरिएको प्रजिअ सुरेश पन्थीले जानकारी दिए ।

फार्मेसी सञ्चालन गर्दा औषधिको आयात, सञ्चय, बिक्री वितरणका लागि सम्बन्धित निकायबाट अनुमति लिए नलिएको बारे अनुगमन गर्ने अधिकार स्थानीय सरकारको भएकाले सो जानकारी गराइएको हो । फार्मेसी सञ्चालकले साइनबोर्ड सबैले देख्ने गरी राख्नुपर्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्रै औषधि बिक्री गर्नुपर्ने, म्याद गुज्रेका औषधि अलग्गै राख्नुपर्ने, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री गर्न नहुनेलगायत नियम पालना गराउनुपर्ने प्रशासनले पालिकालाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

औषधिकोे अवैधरूपमा बेचबिखन तथा कारोबारले आमजनताको स्वास्थ्यमा जटिल समस्या सिर्जना हुने भएकाले यसमा सचेत हुन र आम उपभोक्ताको स्वास्थ्यसम्बन्धी मौलिक हक र अधिकार संरक्षण गर्न अनुगमन समितिलाई सक्रिय पार्न पनि प्रशासनले पालिकालाई भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक ६ गते बुधबारको राशिफल यस्तो छ
बाढीपीडितलाई खानेपानी सुविधा
बाढीपीडितलाई खानेपानी सुविधा
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
बाजेको सेकुवालाइ सर्वोच्च अदालतकाे यस्ताे अादेश
बाजेको सेकुवालाइ सर्वोच्च अदालतकाे यस्ताे अादेश
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत
कांग्रेस प्रवक्ता शर्माको खुलासाः सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो
कांग्रेस प्रवक्ता शर्माको खुलासाः सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो
बजेटमा प्रतिव्यक्ति आय ११ सय २० डलर पुर्याउने लक्ष्य, अरु के–के छन् विशेषता ?
बजेटमा प्रतिव्यक्ति आय ११ सय २० डलर पुर्याउने लक्ष्य, अरु के–के छन् विशेषता ?

तपाईंले छुटाउनुभयो कि?