विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १५, २०७९
|
|
५० पटक हेरिएको
Shares
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सारांश

  • कर्णाली ।
  • कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
  • नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए ।

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए । राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

“उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ”, सचिव बुढाथोकीले भने, “शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी आवश्यक व्यवस्थापन गरिरहेका छौँ ।”

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसैसँग छलफल नभएको बताए । शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उनले जनाए ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक÷एक गरी ४० सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै
पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै
हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

तपाईंले छुटाउनुभयो कि?