बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ६, २०८०
|
|
५७ पटक हेरिएको
Shares
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द

सारांश

  • म्याग्दी ।
  • म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ ।
  • बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्रे गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्रे गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

सवारी साधनको चापका कारण कालोपत्रे गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्रे सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले जानकारी दिए ।

“सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवतजावत रोकिएको हो,” उनले भने, “बागलुङ–बेनी आवतजावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।” यो सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एन्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सञ्चालन भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्याउने र लोडरले पेल्ने काम सकिएको बताए ।

“वि।स। २०७६ मा कोरोना महामारी सुरु भएपछि रोकिएको सडक निर्माणलाई २०७७ साल असारको बाढीपहिरोले क्षति पुर्‍यायो,” उनले भने, “पहिरोले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर ९भिओ० स्वीकृत भएपछि यसपालि कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको हो ।” निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो । पहिरो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रका लागि तयारी बनाइएको छ ।

बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवतजावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्रे हुन लागेको बताए । बागलुङदेखि बेनीसम्मको करिब १७ किलोमिटर सडकमध्ये बागलुङ खण्डमा सडक डिभिजन कार्यालयमार्फत स्तरोन्नति गरिएको छ । बेनीदेखि खबरासम्म करिब दुई किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी
बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी
सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
मनसुनको सक्रियता सामान्य हुँदै
मनसुनको सक्रियता सामान्य हुँदै
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?

तपाईंले छुटाउनुभयो कि?