पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
५० पटक हेरिएको
Shares
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

सारांश

  • काठमाडौँ ।
  • हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ ।
  • नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो ।

काठमाडौँ । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो ।

उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइहुँदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा खानेपानीको महान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ । यस क्षेत्रमा पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो ।

पालिकाका इन्जिनियर नवीन जोशी, प्रशासकीय अधिकृत गिमानसिंह मगर, सव–इन्जिनियर समीक्षा पौडेललगायतको टोलीले नासोँ गाउँपालिका–६ र ७ नम्बर वडाका विभिन्न स्थानमा सर्वेक्षणका लागि गएका थिए ।

प्रतिकूल मौसमका बाबजुद पनि पानीको मुहान सर्वेक्षण गरिएको गाउँपालिकाका इन्जिनियर नवीन जोशीले बताए । “हिमपात, चिसो मौसममा पनि खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले पालिकाले यस पदमार्गअन्तर्गत पानीको मुहान खोेजिएको हो”, उनले भने ।

यस क्षेत्रमा खानेपानी व्यवस्थापनले स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकलगायत जनावारलाई पानीको व्यवस्थापन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
लामिछानेको शोकमा आज वडा कार्यालय बन्द
लामिछानेको शोकमा आज वडा कार्यालय बन्द
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
बैशाख १७ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख १७ गते शुक्रवारको राशिफल यस्तो छ
नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ
नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ
गणतन्त्रवादी नेता ‘मायालु’को निधन
गणतन्त्रवादी नेता ‘मायालु’को निधन
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !

तपाईंले छुटाउनुभयो कि?