चितवन –२: उपनिर्वाचनको तयारी अन्तिम चरणमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
चितवन –२: उपनिर्वाचनको तयारी अन्तिम चरणमा

सारांश

  • चितवन ।
  • चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
  • तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ ।

तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जरी विज्ञप्तिमा निर्वाचनको दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा सवारीमा रोक लगाइएको छ । उपनिर्वाचन सीमित क्षेत्रमा हुने भएकाले सुरक्षका लागि यो व्यवस्था गरिएको हो ।

निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ । यही वैशाख ७ गते रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा आत्महत्या गर्ने बढ्दो
बैतडीमा आत्महत्या गर्ने बढ्दो
‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै
‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
13 More Motives To Be Anxious about Thai Brides to be – bridesingles. com

तपाईंले छुटाउनुभयो कि?