जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताएका छन् ।
  • किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीओलीले सो कुरा उल्लेख गरे ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताएका छन् । किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीओलीले सो कुरा उल्लेख गरे ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा, धर्मावलम्बीको एकता गर्व गर्न लायक रहेको बताए ।

“नेपालीहरुले यस विविधतालाई एकताको प्रमुख सुत्रका रुपमा स्विकारेका छन् । जुन, विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो” प्रधानमन्त्रीको सन्देशमा छ “हाम्रो जातीय विविधामा द्वन्द्वको खेतीगर्ने प्रयास विगतमा नभएका होइनन् तर नेपालीहरुले यस्ता तत्वहरुलाई बेलैमा पहिचान गरेर अस्विकार गरे र देशमा जाती, धार्मिक र साँस्कृतिक सद्ध्भाव कायम राखे ।”

प्रधानमन्त्रीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशील रहेको उल्लेख गरे । “वर्तमान सरकार समानता सहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ । यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसको सक्रिय ऐक्यवद्धताको पनि आवश्यकता छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?