चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १२, २०८०
|
|
५० पटक हेरिएको
Shares
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी

सारांश

  • चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
  • अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७५ मत पाएका छन् ।
  • जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो ।

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७५ मत पाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए ।

साथै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४३ हजार बढी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?