खुलारुपमा माछामासुको बिक्री र बधमा रोक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
५१ पटक हेरिएको
Shares
खुलारुपमा माछामासुको बिक्री र बधमा रोक

सारांश

  • विराटनगर ।
  • विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ ।
  • विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए ।

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए ।

उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उनको भनाइ थियो ।

महानगरको सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिए ।

उनले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गरे । उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई तीव्र पारिने बताए ।

अबदेखि खुलारुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन, २०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले जानकारी दिए ।

सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवले अस्वच्छ मासु सेवनको असर शरीरमा तुरुन्तै हुने र यसले दीर्घकालसम्म पनि असर पार्ने उल्लेख गर्दै पशु पछी बध गरेपछि कम्तीमा १२ घण्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए । विराटनगरमा करिब तीन सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपक्षी विकास शाखा प्रमुख शुभनारायण यादवको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी
इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी
न्याय माग्दै अस्थायी शिक्षकले गुहारे पूर्वराजा ज्ञानेन्द्र
न्याय माग्दै अस्थायी शिक्षकले गुहारे पूर्वराजा ज्ञानेन्द्र
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
नेपालकाे खराब प्रदर्शन, अभ्यास खेलमा १९ रनले पराजित
नेपालकाे खराब प्रदर्शन, अभ्यास खेलमा १९ रनले पराजित
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै

तपाईंले छुटाउनुभयो कि?