अभिषेक र अभिलाषालाई टेनिस उपाधि

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १८, २०८०
|
|
६१ पटक हेरिएको
Shares
अभिषेक र अभिलाषालाई टेनिस उपाधि

सारांश

  • काठमाडौँ ।
  • अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् ।
  • पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।

काठमाडौँ । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा आज भएको पुरुष फाइनल खेलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गर्दै च्याम्पियन बनेका हुन । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४ र ६–४ ले हराइन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले जनही रु ५० हजार र दोस्रो हुने खेलाडीले जनही रु २५ हजार पुरस्कार पाए ।

यसैगरी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई पराजित गर्दै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता ग¥यो ।

भेट्रान ५५ वर्षमाथि पुरुष एकल विधामा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ ले हराए । ४५ वर्षमाथि पुरुष एकलको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले पन्छाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का (राखेपका) सदस्य–सचिव टङ्कलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा नेपाल टेनिस सङ्घका महासचिवसमेत रहनुभएका आयोजक काठमाडौँ जिल्ला टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । यही वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित
यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित
आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग
आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा
बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?

तपाईंले छुटाउनुभयो कि?