नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका छन् ।
  • राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको उल्लेख गरे ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको उल्लेख गरे ।

उक्त गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटादिन आग्रह गरेको घटना सुनाउँदै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने तर्क गरे । उनले भने, “नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता कलङ्कलाई निस्तेज तुल्याउनुपर्छ ।” त्यसबेला आफूले प्राप्त सूचनाअनुसार तीन हजारदेखि सात हजार व्यक्तिलाई अमेरिका पठाउने खेल भएको हल्ला रहेको उनको बैठकलाई जानकारी दिए ।

नेता रायमाझीले भने, “वर्तमान सरकारले सुरु गरेका काम र अभियानले जनतामा आशाको किरण पलाएको छ, यो अधिवेशनमा नयाँ ऐन बनाउन सक्छ । देश र जनतालाई देश र जनताको भलो हुने कार्य गरेमा अर्को पटक जनताले प्रतिपक्षलाई राज्यको कार्यभार सुम्पन्छन् ।”

काम गर्ने व्यक्तिका लागि कुनै मन्त्रालय सानो र ठूलो नहुने बताउँदै उनले राजनीतिक भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति सुधार्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
सन्जय श्रेष्ठको नयाँ एल्बम मेरी आमा अब बजारमा
सन्जय श्रेष्ठको नयाँ एल्बम मेरी आमा अब बजारमा
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
Advantages Of Mobile Casino Games To Players
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ

तपाईंले छुटाउनुभयो कि?